AArya
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्डको कविता प्रतियोगितामा दंगाल प्रथम

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ आश्विन २०७६, बिहीबार १८:४५
432
Shares

विराटनगर / विराटनगरस्थित मेरिल्याण्ड कलेजले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा अमिस दंगाल प्रथम भएका छन् ।

क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूबीच गराइएको प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई उछिन्दै दंगाल प्रथम भएका हुन् । त्यस्तै प्रतियोगितामा आदर्श घतानी द्वितीय, इशा दाहाल तृतीय, विजेता लम्साल र नेहा साह सान्त्वना भए ।

कवि एवं पत्रकार मीनकुमार नवोदित र प्राध्यापक डा. राजन दत्तको निर्णायक समितिले विजेताहरूको नामावली घोषणा गरेको थियो । विद्यार्थीभित्र रहेको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको क्याम्पसका सञ्चालक भेषराज पोखरेलले बताए । यस्ता प्रतियोगिताले विद्यार्थीमा साहित्य सिर्जनाप्रति अभिरुची जगाउन र सकारात्मक काममा अघि बढ्न हौसला मिल्ने प्रमुख निर्णायक नवोदितको भनाइ थियो ।

नवोदितले साहित्य सिर्जना पाठकपिच्छे फरक बुझाइ हुने भएकाले यही नै सिर्जना उत्कृष्ट हो भन्न नसकिने बताए । कार्यक्रममा क्याम्पसका अध्यक्ष गुणराज ढुंगेल, उपाध्यक्ष पिके झा, निर्देशकहरू नन्दकिशोर अग्रवाल, प्रदीप भगत, मनोज गुप्ता, प्रिन्सिपल लक्ष्मण ढकाल, कोअडिनेटर गणेश दाहाललगायतले शुभकामना मन्तव्य व्यक्त गरे । यसअघि कजेलले वक्तृत्वकला, चित्रकला, हाजिरीजवाफ प्रतियोगिता पनि सम्पन्न गरिसकेको प्रिन्सिपल ढकालले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर