पूर्वाञ्चल खबर
सुनसरी / इटहरीमा भेट्रान कप फूटसल प्रतियोगिता हुने भएको छ । प्रत्येक बर्ष बडा दशैको अवसरमा फूटबल गराउदै आएको इटहरीको द योङ ब्रदर्श क्लबले आगामी अशोज १२ गतेदेखि पूर्वाञ्चल स्तरिय भेट्रान कप फूटसल हुने भएको हो ।
एक सातासम्म चल्ने प्रतियोगतामा एक नम्बर प्रदेशका झापा, मोरङ, सुनसरी र उदयपुरका १६ वटा टिमको सहभागीता रहने क्लबका अध्यक्ष विकाश केसीले जानकारी दिए । विजेतालाई ४० हजार रुपैया नगदसहित शिल्ड तथा उपबिजेतालाई २० हजार नगदसहित शिल्ड प्रदान गरिने अध्यक्ष केसीले जानकारी दिए ।
सहभागी टिम अझै बढ्ने भएकाले प्रत्येक दिन दुई वटा खेल खेलाइने बताइएको छ । प्रत्येक बर्ष दशैमा बिभिन्न सास्कृतिक कार्यक्रम र फूटबल गराउदै आएको क्लबले फूटसलमा देखिएको बढ्दो क्रेजलाई मध्यनजर गर्दै यस बर्ष भेट्रान कप फूटसल गर्न लागिएको क्लबका अध्यक्ष केसीले बताए ।