AArya
RUMPUM
animated ellipse animated ellipse

विद्यालय नाटक महोत्सवमा ‘मेहनत र परिश्रमको फल’

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ भाद्र २०७६, आईतवार २१:०३
9
Shares

विराटनगर / आरोहण–गुरुकुल विराटनगरमा जारी विद्यालय नाटक महोत्सवमा आज ‘मेहनत र परिश्रमको फल’ मञ्चन भएको छ ।

विराटनगरको श्रीअन्नपूर्ण एकेडेमीले तयार पारेको नाटक हाटखोलास्थित सुशीला कोइराला नाटक घरमा मञ्चन गरिएको हो । सोहि विद्यालयमा कक्षा ८ मा अध्ययनरत अपेक्षा तामाङले कुटुनी बुढीको कथालाई नाट्य रुपान्तरण गरि निर्देशन गरेकी हुन् । उनलाई आभास बस्नेत र उत्सव भट्टराईले सहयोग गरेका छन् । नाटकले परनिर्भरता विरुद्धको कथा बोलेको छ ।

पछौटेपना र भोलीवाद्ले विकृत समाजका परिवेशलाई नाटकमा प्रस्तुत गरि आर्थिक रुपमा सक्षम बन्नएकजना वृद्धाले प्रोत्साहन गरेको संघर्षलाई नाटकमा देखाईएको छ । यसअघि हिजो विराटनगरकै सत्यनारायण माविले नाटक मञ्चन गरेको थियो । महोत्सवामा नाटक मञ्चन गर्र्न पाउँदा निकै उत्साहित र खुशी भएको विद्यार्थीहरुले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर