पूर्वाञ्चल खबर

कार्यक्रमको शुरुमा कक्षा नर्सरीदेखि कक्षा पाँच सम्मका स–साना बच्चाहरु राधाकृष्ण तथा गोपीनीहरुको भेष धारण गरी मञ्चको रोनक बढाएका थिए । उक्त कार्यक्रममा गितीनाटक मार्फत वासुदेव देवकीको विवाहदेखि राधाकृष्णको जीवनीका विषेश क्षणहरु कृष्णजीको रासलीला, कंशमर्दन तथा सुदामासँगको मैत्री कथा आदी प्रस्तुत गरिएको थियो ।
नाट्य प्रदर्शनका क्रममा बालक–कृष्णको भुमिका विपुल प्रधान, कृष्णको भुमिका मानस दाहाल, बालिका राधाको भुमिकामा सिरीन भट्टराई र राधाको भुमिकामा दुर्गा प्रशाइ, कंशको भुमिका मनिस तामाङ्ग, सुदामाको धुमिका सार्धक गौतम तथा नारदको भुमिका यस गोल्छाले निर्वाह गरेका स्कूलका प्रिन्सिपल मणीराज भट्टराईले जानकारी दिए ।