पूर्वाञ्चल खबर
थारू कला संस्कृतिको जगेर्ना गर्नुको साथै थारू सामुदायका किशोर किशोरीहरूको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताको पहिलो अडिसन साउन ३० गते सुनसरीको झुम्कामा हुने भएको छ । साउन ३२ गते गाइघाट, भदौ २ गते दुहबी, ५ गते विर्तामोड, भदौ ६ गते डाँगिहाट र भदौ ८ गते विराटनगरमा हुने थारू कला केन्द्रका अध्यक्ष देवकृष्ण विश्वासले जानकारी दिए ।
प्रतियोगिताको बिजेताले नगद ५० हजार, फस्ट रनरअपले ३० र सेकेण्ड रनरअपले २० हजार रुपैयाँको साथै गिफट ह्याम्पर प्राप्त गर्नेछन् । छनौट भएका प्रतियोगिहरूलाई बन्द प्रशिक्षणमा थारू सामुदायका कला संस्कृति, भेषभूषा, भाषा र रितिरिवाजको बारेमा जानकारी गराउने अध्यक्ष विश्वासले बताए । प्रतियोगिताको फाइनलमा मिस्टरतर्फ २५ र मिसतर्फ २५जना छनौट हुनेछन् । ‘छनौट भएका प्रतियोगिहरूलाई एक महिनाको बन्द प्रशिक्षण दिनेछौं,’ अध्यक्ष विश्वसाले भने, ‘प्रशिक्षणमा प्रतियोगिहरूले आफ्नो कला संस्कृतिकको बारेमा विज्ञ टोलीले जानकारी गराउँछन् ।’
प्रतियोगि मध्ये एक जनालाई नोबेल मेडिकल कलेजले स्टाप नर्स अध्ययन गर्न पूर्ण छात्रवृती पनि दिनेछ । प्रतियोगिताको फाइनल दशै अगाडी हुने बताइएको छ । उक्त प्रतियोगिताको फाइनल विराटनगरमा हुनेछ । गत वर्षको मिस थारूको विजेता शिवानी चौधरी भएकी थिइन भने मिस्टर थारु तेजेन्द्र विश्वस भएका थिए ।