RUMPUM
animated ellipse animated ellipse

झापामा ११ वर्षीय बालक मृत अवस्थामा फेला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ श्रावण २०७६, मंगलवार १७:०३
3
Shares

झापा / झापाको बिरीङखोलामा ११ वर्षिय वालक मृत अवस्थामा फेला परेका छन् । बाह्रदर्शी गाउँपालिका २ को रोहित मलीक डुमका ११ वर्षिय छोरा सागर मलीक डुम बिरीङखोलामा मृत अवस्थामा फेला परेका हुन् ।

सोमबारे दिउँसो सोहि स्थान १२ बर्षीय बादल मलीक र सागर साईकलमा खेल्न भनी हिडेकोमा साँझसम्म घर नफर्कीएपछी खोज तलासका क्रममा आफन्तले सोहि स्थानमा रहेको घाग्रा खोलाको किनारमा उनीहरुले लगेको साईकल र लगाएको कपडा फेलापरेको भनी सोमबारै ईलाका प्रहरी कार्यालय राजगढमा जानकारी गराएका थिए । घटनाको जानकारी पाउनसाथ खोज तलासमा खटिएको प्रहरी टोलीले आज बिहान बाह्रदर्शी गाउँपालिका १ स्थित बिरीङ खोलामा सागरको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।उनीसंगै गएका बादल मलीकको खोजी कार्य भईरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर