RUMPUM
animated ellipse animated ellipse

वीपीको स्मृतिमा बृक्षारोपण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ श्रावण २०७६, सोमबार २१:०९
3
Shares

विराटनगर / प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको योगदानको स्मरण गरी ३७ औँ स्मृति दिवस आज विराटनगरमा विभिन्न कार्यक्रम गरी मनाएको छ ।

नेपाली कांगेस विराटनगर महानगर वडा नं. ४ ले वडाका विभिन्न स्थानमा बृक्षारोपण कार्यक्रमसहित अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । कांग्रेस वडा सभापति राजकुमार तवदारको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्य चुमनारायण तबदार ,कांग्रेस महासमिति सदस्य सुदनबहादुर कार्की,जिल्ला सदस्य सञ्जय मण्डल ,वडाध्यक्ष देवेन्द्रराज पोखरेल ,यूवा नेता सन्तोष न्यौपाने, देवचन्द्र घिमिरे लगायतको सहभागिता रहेको थियो ।

यस्तै नेपाली कांग्रेस मोरङले पनि कोइरालाको योगदानको स्मरणमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको कांग्रेस सचीव मोदराज घिमिरेले जानकारी दिए। नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो । उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान गरेका छन् ।

कोइरालाको जन्म विसं १९७१ भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ पहिलो निर्वा्चित प्रधानमन्त्री बनेका थिए । नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन् । उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवम् ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन् । त्यसैगरी दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चस्मा’, हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता’, प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर