AArya
RUMPUM
animated ellipse animated ellipse

‘सगरमाथा टिन्स क्लव’ लेखिएको ब्याज विद्यार्थीलाई लगाइ दिएर ‘म अघि बढ्छु’ को शुभारम्भ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३१ असार २०७६, मंगलवार १९:०४
3
Shares
‘सगरमाथा टिन्स क्लव’ लेखिएको ब्याज लगाइदिँदै मुख्यमन्त्री शेरधन राई । तस्वीर : पुष्पराज थपलिया

विराटनगर / १ नम्बर प्रदेश सरकारले महत्वका साथ प्रदेशभरी संचालन गर्ने गरी ‘सगरमाथा टिन्स क्लव’ लेखिएको ब्याज विद्यार्थीलाई लगाइ दिएर ‘म अघि बढ्छु’ शुभारम्भ‘ गरेको छ ।

विराटनगरको जैन भवनको सभाहलमा खचाखच भरिएका विद्यार्थी माझ प्रदेश सरकारका मुख्यमन्त्री तथा अन्य मन्त्री र विशिष्ट व्यक्तित्वमाझ यो कार्यक्रम शुभारम्भ भएको हो । यो कार्यक्रम प्रदेश १ का युवालाई सकारात्मक दिशातर्फ लैजान भूमिका खेल्ने सरकारको दाबी छ ।

कार्यक्रमको सुरुवातमा संघीय सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना मन्तव्य प्रोजेक्टरमार्फत देखाइएको थियो । प्रधानमन्त्रीबाट कार्यक्रमको शुभारम्भ गराउने प्रयास असफल भएपछि रेकर्डेड भिडियोमार्फत प्रधानमन्त्रीले युवाहरुलाई सही बाटोमा जानुपर्ने सन्देशसहितको शुभकामना बजाइएको थियो ।
त्यस लगत्तै गडगडाहट तालि र जोसिलो हुटिङ सँगै १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले ‘म अघि बढ्छु, सगरमाथा टिन्स क्लव’ लेखिएको ब्याज विद्यार्थीलाई लगाइदिएर कार्यक्रमको शुभारम्भ गरियो ।

कार्यक्रम घोषणा हुँदै गर्दा प्रदेशभरीका १ सय ४० विद्यालयका १५ हजार विद्यार्थीमाझ क्लब गठन भएको जानकारी दिइयो । प्रदेश सरकारको आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा नीति कार्यक्रममा उल्लेखित सो कार्यक्रम अन्तर्गत प्रदेशभरिमा दुई हजार विद्यालयमा सगरमाथा टिन्स क्लव स्थापना गरी जम्मा दुई लाख विद्यार्थीहरुलाई आवद्ध गराएर लागू औषध, दुव्र्यसन र यसको ओसारपसार विरुद्ध जनचेतनाको कार्यक्रम सञ्चालन गरी स्वस्थ, स्वच्छ, चरित्रवान र असल नागरिक निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य हो ।

“ आजका किशोर किशोरी देशका कर्णधार, यिनीहरुको सक्षमता नै समृद्धिको आधार” मूल मन्त्र रहेको कार्यक्रम प्रदेश नं.१ का आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सञ्चालन भएको छ ।

प्रदेश नं.१ का मुख्यमन्त्री शेरधन राईले कार्यक्रमको शुभारम्भ गर्दै स्वस्थ र सुन्दर समाज निर्माण गर्न यो कार्यक्रमले नेतृत्वदायी भूमिका निर्वाह गर्ने बताए । पहिले नै शुभारम्भ गर्नुपर्ने कार्यक्रम विभिन्न कारणले अन्तिम समयमा उद्घाटन भएको भन्दै उनले यसखालका कार्यक्रमले समृद्ध प्रदेश निर्माणमा सहयोग हुने बताए ।

मुख्यमन्त्री राईले हामीले व्यवस्था मात्र होइन सिङ्गै प्रणालीलाई नै रुपान्तरण गरिसकेका छौँ भन्दै सभ्य र सुन्दर समाज निर्माण गर्न युवाहरुलाई समाहित गर्न यो कार्यक्रम ल्याएको धारणा राखे ।उनले लागू औषधको प्रयोग र कारोबारले युवाहरुहरु बढि प्रभावित हुने भएकाले यसलाई बचाउन यो अभियानले निकै मद्दत गर्ने बताउँदै यो अभियान संगठित तथा सशक्त रुपमा अघि बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले यो कार्यक्रम संचालन गरेसँगै युवाहरुमा सकारात्मक परिवर्तन आउने दाबी गरे । उनले समाजलाई लागूपदार्थ दुव्र्यसनीबाट मुक्त गराउने, सामाजिक अपराध रोक्ने र असल नागरिक उत्पादन गर्ने पनि बताए ।

कार्यक्रममा आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङ्बोले युवाहरुलाई असल मार्गमा डोर्याउनु राज्यको कर्तव्य भएकोले नै यो कार्यक्रम ल्याएको बताए ।

समाजिक विकास मन्त्री जीवन घिमिरेले असल र योग्य नागरिक निर्माण गर्न यो अभियानले मद्दत गर्ने विश्वास व्यक्त गरे ।

प्रदेश नं.१ का प्रमुख सचिव सुरेश अधिकारी र प्रदेश सभा सदस्य जयराम यादवले किशोर अवस्थामा टेक्न लागेका युवाहरुलाई सचेतनाको माध्यमबाट असल काम गर्न यो अभियानले बल पु¥याउने चर्चा गरे ।

आन्तरिक मामिला तथा कानून सचिव भरतमणि रिजाल र हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, शिक्षक धर्मानन्द खरेलले विद्यालयका विद्यार्थीहरुलाई लक्षित गरि ल्याएको यो कार्यक्रमबाट शैक्षिक जागरण, समाजप्रतिको उत्तरदायित्व बोध गर्न विद्यार्थीहरुलाई टेवा पुग्ने आशा व्यक्त गरे ।

आजका किशोर–किशोरी देशका कर्णधार, यिनीहरुको सक्षमता नै समुन्नतीको आधार भन्ने मूल नाराका साथ सुरु भएको कार्यक्रममा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने १३ देखि १९ वर्ष उमेर समूहका विद्यार्थीलाई समेटेर कार्यक्रम सञ्चालन गरिने छ । कार्यक्रमबाट प्रदेश १ का करिब २ हजार विद्यालयका २ लाख विद्यार्थी लाभान्वित हुने दाबी गरिएको छ । कार्यक्रम अनुसार प्रदेशका सबै माध्यामिक विद्यालयमा हप्ताको १ दिन १ पिरियड नैतिक शिक्षा सम्बन्धि कक्षा सञ्चालन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर