CLASSICTECH NET

बाढी पिडितलाई सहयोग जुटाउन प्रदेश प्रमुख तुम्बाहाङको आग्रह

खबर पूर्वाञ्चल, २८ असार २०७६, शनिबार १८:१८
फाइल तस्वीर

विराटनगर / प्रदेश १ का प्रदेश प्रमुख प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङले केही दिनदेखि परेको अविरल बर्षा र त्यसले पुर्याएको जनधनको क्षत्ति प्रति दुख प्रकट गरेका छन् ।

आज प्रेस विज्ञप्ति प्रकाशित गर्दै बर्षा र पहिरोले ज्यान गुमाएका , वेपत्ता भएका र घरवारविहिन परिवारजनमा शोक प्रकट गर्दै त्यस्ता परिवारमा मानवीय संवेदनसिलता देखाउदै सहयोग गर्न सवैपक्षसँग अपिल गरेका छन् । बाढी , पहिरोले प्रदेश न .१ उच्च जोखिममा परेको बताउदै उनले विज्ञप्तिमा पिडित परिवारलाई तत्कालै राहत र सहयोग जुटाई मानवीय कार्यमा जुटन आग्रह सवैपक्षसँग गरेका छन् ।

पाहाडी क्षेत्र पहिरोको चपेटामा र तराई डुवानले प्रभावित भएको उल्लेख गर्दै प्रभावित क्षेत्रका सबैमा उच्च सर्तकर्ता अपनाउन पनि उनले सुझाव दिएका छन् ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५