पूर्वाञ्चल खबर
विराटनगर / इंग्ल्याण्ड तथा वेल्समा जारी विश्वकप क्रिकेटको लिग चरणको अन्तिम खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियामाथि रोमाञ्चक जित हात पारेको छ ।
शनिबार रति भएको खेलमा अष्ट्रेलिया दक्षिण अफ्रिकासँग १० रनले पराजित भएको हो । हारसँगै अष्ट्रेलिया दोस्रो भएको छ र सेमिफाइनलमा घरेलु टोली इंग्ल्याण्ड प्रतिद्वन्द्वी पाएको छ । समूहको शीर्ष स्थानमा रहेको भारतले भने चौथो टोली न्यूजिल्याण्डसँग खेल्नेछ ।
ओल्ड ट्राफोर्डमा दक्षिण अफ्रीकाले दिएको ३ सय २६ रनको लक्ष्य पछ्याएको अष्ट्रेलिया ४९ ओभर ५ बलमा अलआउट हुँदै ३ सय १५ रनमा समेटियो । अष्ट्रेलियाका लागि डेभिड वार्नरले शतकीय इनिङ्स खल्दै १ सय १७ बलमा १५ चौका र २ छक्कासहित १ सय २२ रन बनाउँदा एलेक्स केरीले ८५ रनको अर्धशतकीय इनिङ्स खेले ।
दक्षिण अफ्रिकाका लागि कागिसो राबडाले ३ विकेट लिँदा एडिले लक्की र ड्वाने प्रिटोरिउसले २–२ विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले र्पुै ५० ओभर खेल्दै ६ विकेट गुमाएर ३ सय २५ रन बनाएको थियो । दक्षिण अफ्रीकाका लागि कप्तान फाप डु प्लेसिसले शतकीय इनिङ्स खेल्दै १ सय रनमा आउट भए । रसिइ भान डेर डुसेनले ९५ रन बनाउँदा क्वीन्टन डि ककले ५२ रन बनाए । अष्ट्रेलियाका मिचेल स्टार्क र नाथन ल्यानले २–२ विकेट लिए ।