पूर्वाञ्चल खबर
विराटनगर / शिर्ष नेतावीच भएको समझदारीको विषय वजारीकरण गर्नु उचित नभएको उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वताएका छन् ।
विराटनगरमा आज मदन भण्डारी फाउण्डेशन मोरङले आयोजित गरेको ‘जननेता मदन भण्डारीको जन्मजयन्तीको सन्दर्भमा आयोजित अन्तरक्रिया ’ कार्यक्रममा उनले समझदारी सार्वजनिककरण मर्यादित र सुहाउँदो हुनु पर्ने वताउँदै नेताहरुलाई जिम्मेवारी संगठनले मात्र दिने हो भन्ने विचार व्यक्त गरे ।
दुवै नेता अनुभवी, खरिएको हुनाले अव कुनै पनि एकीकृत पार्टी नफूट्ने प्राप्त पार्टी संगठनमा देखि विवाद र असमझदारी टुङ्गो लगाउन केन्द्रीय नेतृत्व तहले ध्यान दिनु पर्ने उपप्रधानमन्त्री पोखरेलले बताए ।उनले दुई पार्टी वीच एकता, मित्रता, सहयात्राको पाटो वलियो भएको र निषधको पक्ष कमजोर भएकोले एकीकरण भएको वताउँदै पुराना कुरालाई सच्चाउदै स्थानीय स्तरका साथीहरुले पार्टी संगठन मिलाउन आग्रह समेत गरे ।
स्व.मदन भण्डारीको जनताको वहुदलीय जनवाद विचारलाई अनुसारण गरेर पार्टी अहिलेको स्थितिमा पुगेको चर्चा गर्दै उपप्रधानमन्त्री पोखरेलले स्व. भण्डारी विचार निर्माणमा विशिष्ट योगदान रहेको बताए । पार्टी नेताको जन्मजयन्ती लगायतका कार्यक्रम पार्टीले आयोजना गर्नु उत्तम हुने विचार व्यक्त गर्दै उपप्रधानमन्त्री पोखरेलले स्व. भण्डारीको नेपाल कम्यूनिष्ट आन्दोलनलाई गरेको योगदानलाई भावनात्मक होइन वस्तुनिष्ट भएर सम्झन आग्रह गरे ।
प्रदेश नं १ का योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले प्रत्येक नेपाली नागरिकले दैनिकरुपमा समृद्ध कायम महसुश हुने आधारले सरकारले कार्य गरिरहेको वताउदै वर्तमान सरकारको विरुद्ध अप्रचार भइरहेकोले यसलाई वहसमार्फत समाधानमा जोड दिए ।
नेपाल कम्प्यूनिष्ट पार्टी( नेकपा) प्रदेश नं १ का अध्यक्ष देवराज घिमिरेले जनताको वहुदलीय जनवादीलाई व्यवहारमा परिणत गरी समाजवाद लागु गरी जनतालाई समृद्ध वनाउनु पर्नेमा बताए ।
नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य गोपी आछामीले स्व. भण्डारीले माक्र्सवादलाई नेपाली माटो सुहाँउदो प्रयोग गर्नु भएको थियो टिप्पणी गरे ।
फाउण्डेशनका केन्द्रीय उपाध्यक्ष गुरु वरालले जनताको वहुदलीय जनवाद अन्तर्राष्ट्रिय रुपमा प्रखर भएको वताए । फाउण्डेशनका मोरङ अध्यक्ष एवम् सङ्घीय सांसद घनश्याम खतिवडा र खडगवहादुर वस्नेतले जनसंगठन निर्माणमा स्व.भण्डारीको ठूलो योगदान रहेको चर्चा गरे ।