RUMPUM
animated ellipse animated ellipse

अर्जेन्टिना कोपा अमेरिका कपको अन्तिम चारमा, सेमिफाइनलमा अर्जेन्टिनाको भेट ब्राजिलसँग पक्का

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ असार २०७६, शनिबार ०६:३१
3
Shares

विराटनगर / अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबक प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ ।

अर्जेन्टिना फाइनल प्रतिस्पर्धाकालागि चिरप्रतिद्वन्धी आयोजक ब्राजिलसँग आउँदो बुधबार बिहान प्रतिस्पर्धा गर्नेछ । यस अघि ब्राजिल पाराग्वेलाई पराजित गर्दै नै अन्तिम चारमा पुगेको हो । गएराति भएको क्वाटरफाइनल खेलमा भेनेजुएलाको चुनौतीलाई २–० को गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना अन्तिम चारमा प्रवेश गरेको हो ।

अर्जेन्टिनाको जितमा लौतारो मार्तिनेज र जिओभानी लो केल्सोले गोल गरेका छन् । १० औँ मिनेटमा अग्युरोको पासमा लौतारो मार्तिनेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाति अग्रता दिलाए । यस्तै ७४ औँ मिनेटमा अग्युरोकै सहयोगमा जिओभानी लो केल्सोले गोल गर्दै अर्जेन्टिनालाई २–० को जित दिलाए ।

अर्जेन्टिना लगातार तेस्रो पटक फाइनलमा पुग्ने लक्ष्यमा छ । यसअघिका दुई फाइनलमा अर्जेन्टिना चिलीसँग पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर