पूर्वाञ्चल खबर
विराटनगर / इंग्ल्याण्ड तथा वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्याण्ड शिर्ष स्थानमा उक्लिएको छ ।
बर्मिनघममा बुधबार राती सम्पन्न खेलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । पराजित भएसँग दक्षिण अफ्रिका विश्वकपबाट बाहिरिने दोस्रो राष्ट्र भएको छ । यसअघि अफगानिस्तान विश्वकपबाट बाहिरिने पहिलो राष्ट्र बनेको थियो । वर्षाबाट प्रभावित भएपछि ४९ ओभरमा छोट्याएको खेलमा दक्षिण अफ्रिकाले दिएको २ सय ४२ रनको मध्यम लक्ष्य न्युजिल्याण्डले ४८ ओभर ३ बलमा ६ विकेट गुमाएर पुरा गर्यो ।
न्युजिल्याण्डको जितमा कप्तान केन विलियम्सन शतकमा प्रहार गरे । उनले १ सय ३८ बलमा ९ चौका र एक छक्का प्रहार गर्दै अविजित १ सय ६ रन बनाए । त्यस्तै, कोलिन डे ग्रान्डहोमले ६० रनको योगदान दिए । दक्षिण अफ्रिकाका क्रिस मोरिसले सर्वाधिक ३ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९ ओभरमा ६ विकेटको क्षतिमा २ सय ४१ रनको मध्यम स्कोर खडा गरेको थियो । दक्षिण अफ्रिकाका लागि रसिई भान डेर डुसेनले अविजित ६७ रन बनाउँदा हसिम अमलाले ५५ रन बनाए । त्इसत्े कप्तान फाप डु प्लेसिस २३ रनमा आउट हुँदा एडिन मर्क्रमले ३८ रन र डेभिड मिल्नरले ३६ रन जोडे । न्युजिल्याण्डका लोकी फर्गुसनले सवौधिक ३ विकेट लिए ।