CLASSICTECH NET

मानसिक रोगीको पहिलो उपचार घरपरिवार नै हो

खबर पूर्वाञ्चल, ३१ जेष्ठ २०७६, शुक्रबार २१:०१

विराटनगर /मानसिक अस्वस्थ्य भएको मानिस वहुला हुदैनन् आज विराटनगरमा आयोजित एक कार्यक्रममा सहभागीहरुले वताएका छन् ।

उनीहरुले विश्वमा अहिले मानसिक तनाव वढीरहेकोले यसको पहिचान गरि समयमै स्वास्थ्य राख्नु पर्नेमा जोड दिएका छन् । ‘सवैको लागि घर घरमा मानव अधिकारः शान्ति र विकासको अधिकार’ नारा सहित राष्ट्रिय मानवअधिकार आयोग प्रदेश नं १ ले आयोजित प्रदेश नं १ मा मानसिक स्वास्थ्यका अवस्था र स्थानीय सरकारको प्रयास, अवसर,चुनौति र आगामी प्राथमिकता विपषयक अन्तरसंवाद कार्यक्रमा सहभागीहरुले बताएका छन् ।

प्रदेश नं १ का प्रदेश उपसभामुख सरस्वती पोखरेलले अहिले प्रतिस्पर्धाको युगमा मानिसमा मानसिक तनाव ज्यादा हुनाले यसको पहिचान गरी उपचारको माध्यमवाट समाधान गर्नुपर्नेमा जोड दिइन् । उनले मानसिक रोगीको पहिलो उपचार भनेको घरपरिवार नै हो भन्दै मानसिक रोगको सहज उपचार उपलव्ध गराउनमा प्रदेश सरकारले सहयोग गर्ने बताइन् ।

प्रदेशका १ का प्रमुख सचिव सुरेशराज अधिकारीले मानसिक अस्वस्थ्य हुनुको कारण पहिचान गरि समयमै उपचार गर्नुपर्नेमा जोड दिदै यस प्रकारका विरामीहरुको उपचारमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने विश्वास दिलाए ।

आयोग प्रदेश अध्यक्ष मोहनदेव जोशी,अधिवक्ता शर्मिला पराजुली,कोशी अस्पतालका प्रमुख डा.रोशन पोखरेल र कोशिस नेपालका निर्देशक मातृका देवकोटाले मानसिक रोगलाई चिकित्सक सल्लाहमा औषधि सेवन गरेमा १÷२ हप्तामा अवस्थामा सुधार आउने बताए ।

नेपालमा आर्थिक वर्ष २०७५÷७६ ५ हजार १२४ जनाले आत्महतया गरेका छन् भने विश्वमा आत्महत्या गर्ने मलुकमा नेपाल ७ औं स्थानमा रहेको सोही अवसरमा जानकारी दिइयो । नेपालमा दैनिक सरदर १५ जना व्यक्तिले आत्महत्या गर्ने गरेका छन् ।

नेपालमा प्रत्येक पाँच जनामा १ जना मानसिक विरामी रहेको तथ्याङ्गक पनि प्रस्तुत गरियो ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५