CLASSICTECH NET

भानु जयन्तीमा ९ जना सम्मानित हुने

खबर पूर्वाञ्चल, २८ जेष्ठ २०७६, मंगलवार २१:०६

विराटनगर / भानु कला केन्द्र, भानु मोरङ सांस्कृति समिति विराटनगरले २ सय ६ औ भानु जयन्तीका अवसरमा ९ जना व्यक्तिहरुलाई सम्मानित गर्ने भएको छ ।

भानु जयन्तीका अवसरमा आगामी असार २८ गते भानु कला केन्द्रले आशाबादी कला सम्मान कलाकार गोविन्दप्रसाद पोखरेल विराटनगर र डिआर उपाध्याय काठमाण्डौंलाई प्रदान गरिने निर्णय भएको भानु कला केन्द्रकी अध्यक्ष मायाँ पौडेलले जानकारी दियन् ।

भानु कला केन्द्रले साहित्य तर्फ गोकुल अधिकारी, पत्रकारिता तर्फ पत्रकार महासंघ मोरङका अध्यक्ष बन्धु पोखरेल, आशावादी सम्मान कलाकार हरिप्रसाद पौडेल, भानु पदकबाट करुणा झा राजविराज, दिपक गोश्वामी भारत, लक्ष्मण नेवटिया विराटनगर र रामबावु दाहाल विराटनगरलाई सम्मान गरिने अध्यक्ष पौडेलले बताइन् । भानु जयन्तीका अवसरमा कवि गोष्ठि समेत गरिने उनले बताइन् ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५