CLASSICTECH NET

नयाँ नेतृत्वकालागि मोरङ व्यापार सङ्घमा २९ जनाको उम्मेदवारी

खबर पूर्वाञ्चल, २१ जेष्ठ २०७६, मंगलवार २०:५३

विराटनगर / मोरङ व्यापार सङ्घको नयाँ नेतृत्व चयन गर्न निर्वाचन समितिले निर्वाचनको प्रक्रिया अगाडि बढाएको छ ।

शुक्रबार हुन लागेको ३२ औं कार्यकारिणी समितिको निर्वाचनका लागि २९ जनाले मनोनयन दर्ता गराएका छन्। कार्यकारिणी समितिका लागि उद्योगतर्फ १३, वाणिज्यतर्फ १४ र वस्तुगततर्फ दुई जना गरी जम्मा २९ जनाले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत पुनमकुमार गुप्ताले जानकारी दिए । मनोनयन दर्ता भएको उम्मेदवारीको नामावली सोमबार राति ७ बजे निर्वाचन समितिले सार्वजानिक गरेको छ ।

सङ्घको वर्तमान वरिष्ठ उपाध्यक्ष प्रकाश मुन्दडा र महासचिव नवीन रिजालले उद्योग र वाणिज्य दुवैतर्फ उम्मेदवारी दर्ता गरेका छन् । सङ्घको नयाँ अध्यक्ष लागि वर्तमान वरिष्ठ उपाध्यक्ष मुन्दडा, वरिष्ठ उपाध्यक्षमा रिजाल र महासचिव पदका लागि अनिल साहलगायत आकांक्षी देखिएका छन् । अघिल्लो वर्ष दुई प्यानलमा विभाजित भएर निर्वाचन भएको सङ्घको नेतृत्वका लागि यस पटक भने सर्वसम्मत हुने देखिएको छ ।

सङ्घको उद्योगतर्फ मेघराज सिग्देल, सुकुमार सेन, धिरजराज पोखरेल, प्रकाश मुन्दडा, नवीन रिजाल, अमित सारडा, दिपेश सुवेदी, आशिष जाजु, पवन राठी, अनुपम राठी, सुनिल टिवडेवाला, अनिल सारडा र केशवकुमार गोयलले मनोनयन दर्ता गरेका हुन् ।

त्यस्तै वाणिज्यतर्फ अनिलकुमार साह, अरविन्दकुमार शर्मा, सुनिलकुमार बिड्ला, मनिषकुमार मारू, राजेशकुमार अग्रवाल, विकासकुमार बेगवानी, सुनिल टिवडेवाला, देवाशिष गोल्छा, प्रकाश मुन्दडा, विनित सिङ्घानिया, पवन राठी, पियुष तोदी, शुशील सुराना र नवीन रिजालले मनोनयत दर्ता गरेको निर्वाचन समितिले जनाएको छ । यस्तै वस्तुगततर्फ सञ्जयकुमार श्रेष्ठ र सन्तनु रेग्मीले मनोनयन दर्ता गरेका हुन् ।

सङ्घको ३२ औं कार्यकारिणी समितिको निर्वाचनको पूर्व सन्ध्यामा सङ्घका दुई सदस्यले दाबीविरोधको निवेदन जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता गरेका थिए । सङ्घको निर्वाचन गराउन गठित निर्वाचन समितिले प्रकाशित गरेको नामावली सूचनामा गम्भीर त्रुटि गरेको भन्दै सङ्घका पूर्व अध्यक्ष अविनाश बोहोरा र पूर्व वरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले शुक्रबार प्रशासनमा निवेदन दर्ता गरेका थिए ।

जिल्ला प्रसाशन कार्यालयले आइतबार सङ्घको निर्वाचन रोक्का गरी जवाफ माग गरेको थियो । सङ्घका पदाधिकारीले सोमबार अपरान्ह जिल्ला प्रशासनमा जवाफको पत्र पठाएर आफ्नो कार्यालयमा निर्वाचन प्रक्रिया अगाडि बढाएको सङ्घको अध्यक्ष पवनकुमार सारडाले बताए ।

मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले निवेदनमाथि सुनुवाई गर्दै व्यापार सङ्घको निर्वाचनका विषयमा उठेका केही प्रश्नहरूको जवाफ आएपछि निर्वाचनको प्रक्रिया अगाडि बढाउन पत्र पठाएको जानकारी दिए । ‘सङ्घबाट जवाफ प्राप्त भयो,’ उनले भने, ‘त्यसको अध्ययन, विश्लेषण गर्ने काम भएपछि निर्वाचन प्रक्रिया अगाडि बढाउन सोमबार नै भनेका छौं ।’ व्यापार सङ्घ २००८ सालमा स्थापित पुरानो संस्था हो ।

तपाईको प्रतिक्रिया

AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
HIMALYAN DARSHAN COLLEGE
Sagarmatha nishan add
merryland college
NIHAREEKA
NEPAL BUSNESH COLLEGE
ORCHID COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५