हावाहुरीले मोरङमा एकको मृत्यु

खबर पूर्वाञ्चल, ३० बैशाख २०७६, सोमबार १७:२२

विराटनगर / आइतवार राति आएको ठूलो हावाहुरीले टहरोले च्यापिएर मोरङको कटहरी गाउँपालिमा एकजनाको मृत्यु भएको छ ।

कटहरी पुर्वउत्तर रेल्वे ट्रयाक छेउमा ऐलानी जग्गामा टहरो बनाएर बस्दै आएका कटहरी गांउपालिका –१ का ५२ बर्षिय चन्द्र दासको सुतिरहेकै अवस्थामा टहरोले च्यापिएर मृत्यू भएको मोरङ प्रहरीले जनाएको छ ।

दासको टहरोको बांसले च्यापिएको अवस्थामा लाश फेला परेको हो । जिल्ला प्रहरी कार्यालय मोरङवाट एक टोलीले आवश्यक अनुसन्धान गर्न लाश पोष्टमार्टमका लागि अस्पताल पठाएको छ ।

कुकुरपुला भनिने सो स्थानमा एक दर्जन सुकुम्बासी परिवारले घरटहरो बनाएर बसोबास गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५