जेभियर्समा सपथ तथा स्वागत कार्यक्रम

खबर पूर्वाञ्चल, २३ बैशाख २०७६, सोमबार १६:१४
dav

विराटनगर / बुढीगंगा गाउँपालीका–२ टंकिसिनुवारीमा रहेको जेभियर्स इङ्गलिस स्कूलले मतदानबाट विद्यार्थीहरुको नेता चयन गरेका छन् ।

स्कूलका क्याप्टेन नुमा लिम्वू तथा डेपुटी स्कूल क्याप्टेनहरु निशा घिमिरे र सम्राट दाहाल लाई चयन गरेको भने जेभियर्स इङ्गलिस स्कूल वाल क्लब अध्यक्षमा एन्जिला पौडेल सर्वसम्मत रुपमा चयन भएकी छिन् । निर्वाचित सम्पूर्ण विद्यार्थी नेतृत्वहरुले आज सपथ ग्रहण गरे ।

कार्यक्रममा यस वर्ष विभिन्न कक्षामा नयाँ भर्ना भएका दुई सय सोह्र जना छात्र छात्रालाई स्कूलमा अध्ययनरत विधार्थीहरुले विभिन्न साङगीतिक कार्यक्रम गरी स्वागत गरेका थिए । उक्त कार्यक्रममा प्रिन्सिपल परेश पोखरेलले स्कूलका नीति, नियम तथा भावी योजनाका वारेमा जानकारी गराए ।

कार्यक्रममा स्कुलका संस्थापकहरु सरीताकुमारी राना, जनक ढकाल, रेवन्तकुमार श्रेष्ठ, चन्द्र मणि रिजाल, तुलसी खतिवडा, आर.सी कोइरालालगायतको उपस्थिति थियो । जेभियर्सको पठन–पाठन तथा शैक्षिक वातावरणलाई विश्वास गरी नयाँ भर्ना भएका विद्यार्थीहरु तथा अभिभावकहरुको भावनालाई मध्यनजर गरी शैक्षिक उन्नयनलाई थप उजागर गर्दै यस क्षेत्रकै नमुना विद्यालय वनाउने प्रिन्सिपल पोखरेलले वताए ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५