RUMPUM
animated ellipse animated ellipse

विकेन्द्रीकरणको नाममा राजधानी सार्ने षडयन्त्र गरे आन्दोलन गर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ बैशाख २०७६, शनिबार १४:३८
3
Shares
विराटनगर / प्रदेश नम्बर १ सरकारको नेतृत्व गरिरहेको नेकपाले स्थायी राजधानी वृहत विराट क्षेत्र भित्र निर्माण गर्न संसदमा प्रस्ताव लैजाने निर्णय गरेपछि विराटनगर महानगरपालिकाको विराटनगर महानगरपालिकाको गम्भीर ध्यानार्काषण भएको जनाएको छ ।

महानगरपालिकाको आज वसेको र्वोड वैठकले नेपालको राजनितिक इतिहास तथा औधोििगक, धार्मीक तथा सस्कृतिक महत्व वोकेको पंक्षलाई ध्यानमा राख्दै विराटनगरलाई स्थायी राजधानी वनाउनुु पर्नेमा वैठकले जोड दिएको छ । तर विकेन्द्रीकरणको नाममा राजधानी सार्ने षडयन्त्र भएको बताउँदै महानगरपालिकाले आन्दोलन गर्ने समेत निर्णय गरेको छ । राजधानी सार्ने षडयन्त्र भए महानगरपालिकाको नेतृत्वमा आन्दोलन गर्ने निर्णय गरेको महानगरका प्रमुख प्रशासकिय अधिकृत एकदेव अधिकारीले जानकारी दिए ।

बैठलले राजधानी विकेन्द्रीत गर्ने र दिर्घकालमा विराटनगरबाट राजधानीका सबै संरचना अन्यत्र सार्ने षड्यन्त्र भएको बताउँदै वृहत छलफल गर्ने निर्णय पनि गरेको छ । भेलाबाट प्रदेश सरकार र ठूलो दल नेकपालाई दवाव दिने तयारी छ ।

नेकपाले स्थायी राजधानी वृहत विराट क्षेत्र भित्र निर्माण गर्न संसदमा प्रस्ताव लैजाने निर्णय गरेपछि महानगरपालिका मेयर भीम पराजुुलीले विकेन्द्रीकरणको नाममा राजधानी सार्ने निर्णय दुर्भाग्यपूर्ण भएको बताएका छन् । ‘विराटनगरबाट राजधानी सारिए दुर्भाग्यपूर्ण हुनेछ ।’मेयर पराजुलीले भने ‘ ऐतिहासिक महत्व बोकेको विराटनगरको विकल्प खोज्न हुदैन् ।’
राजनीतिक, आर्थिक र सांस्कृतिक महत्व बोकेको विराटनगरको बिकल्प खोजे नगरबासी सडकमा ओर्लन बाध्य हुने मेयर पराजुलीले बताए । स्थायी राजधानीका लागी विराटनगर महानगरपालिकाले जग्गा भवनलगायत सवै प्रकारको व्यवस्था मिलाई सकेको र त्यसका लागी महानगरको ठुुलो धनराशी खर्च भईसकेकोले कुुनैपनि वहानामा विराटनगरवाट राजधानी सार्न नहुुने वताए । स्थायी राजधानी विराटनगरमा कायम गर्न महानगरपालिका प्रदेश सरकारलाई सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।

महानगरपालिकाका उपमेयर इन्दिरा कार्कीले विराटनगरलाई निर्शत स्थायी राजधानी वनाउनुु पर्नेमा जोड दिइनन् । वोर्ड वैठकमा महानगरपालिकाका २२ वटै वडाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरुको सहभागिता रहेको महानगरपालिका मेयर पराजुलीका प्रेस सल्लाहकार कौशल निरौलाले वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर