AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सीमा सुरक्षा,राजश्व संकलन र शान्ति सुरक्षामा सशस्त्र प्रहरीकोे ठूलो योगदान रहन्छ : मन्त्री काकी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० बैशाख २०७६, शुक्रबार १९:४९
3
Shares
विराटनगर / सीमासुरक्षा , राजश्व संकलन र शान्ति सुरक्षामा सशस्त्र प्रहरीको ठूलो योगदान पुर¥याएको प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार काकीले बताएका छन् ।

विराटनगर–१६ मा रहेको दरैयास्थित सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय( वोर्डर आउट पोष्ट) कार्यालयको नव निर्माण हुने भवनको आज विराटनगरमा शिलान्यास गर्दै उनले सो कुरा वताएका हुन् ।

मन्त्री कार्कीले निर्माण हुने कार्यालयवाट सीमा अतिक्रमण र जनताको सुरक्षामा सहयोग पुग्ने छ भन्दै जनताले वुझ्ने भाषामा साथीवन्न समेत प्रहरीलाई आग्रह समेत गरे । उनले निर्माण हुने कार्यालयको गुणस्तर कायम राखी र समयमै सम्पन्न गर्न निर्देशन दिदै प्रदेश सरकारले प्रदेश १ अन्तर्गत १८ सीमा क्षेत्रमा स्थापना हुने कार्यालयका लागि वजेटको व्यवस्था गरेको जानकारी दिए ।

महानगरभित्रका नव निर्माणवाट जनतालाई केही असहजता भए पनि आगामी असोजसम्ममा विकासको अनुभूति प्रदान गर्ने वताउँदै विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले सशस्त्र प्रहरी कार्यालय स्थापनामा जनतामा शान्तिसुरक्षाको प्रत्याभूति हुने विश्वास व्यक्त गरे ।

प्रदेश सभासदस्य जयराम यादवले नागरिकता वितरणमा मधेशी दाजुभाईलाई भारतीय आफ्ना आफन्तलाई सहयोग गरेमा आफ्नै भाग खोसिने भएकाले सचेत रहन आग्रह गरे ।

जिल्ला समन्वय समितिका संयोजक नरेश पोखरेलले कार्यालय स्थापनावाट जनताको सुरक्षामा उच्च मनोवल प्राप्त हुने बताए ।

विराटनगर–१६ दैरायावस्तिस्थितका रुक्मणीरमण पोखरलले निःशुल्क प्रदान गरेको पाँच कठृा जग्गामा १ करोड ७० लाखको लागतमा पाँच वटा ट्रस भवन निर्माण हुने छ ।

सुनकोशी मजदूर जेवी सुर्खेतले आगामी असारमसान्तसम्म उक्त भवन निर्माण सम्पन्न गर्नेछ । प्रदेश नं १ प्रमुख सचिव सुरेश अधिकारी,सशस्त्र प्रहरी वल नं १ वराह वाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठ र मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीले सीमा सुरक्षा समस्या समस्या नभएको यसलाई उचित व्यवस्थापन गरी सीमा क्षेत्रका जनताको सहयोगमा मानवतस्करी, सीमा अपराध नियन्त्रणमा गर्नु पर्नेमा जोए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर