RUMPUM
animated ellipse animated ellipse

एकल जातिय सोचवाट वाहिर निस्के मात्र संघीयताको प्रभावकारी कार्यान्यव हुन्छ : उपप्रधानमन्त्री यादव

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१५ बैशाख २०७६, आईतवार १९:३३
3
Shares
फाइल तस्वीर
विराटनगर / दुई ठूला पार्टीका कारण संघीयता कार्यान्वयनमा अवरोध सिर्जना गरिएको आरोप उपप्रधान एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादवले लगाएका छन् ।

संघीय समाजबादी फोरम नेपालको प्रदेश नं १ प्रथम राष्ट्रिय एकताको अधिवेशन उद्घाटनका अवसरमा वोल्दै उनले मधेश आन्दोलन तथा अन्य आन्दोलनको कारण नेपाली काँग्रेस र नेकपाले वाध्य भएर संघीयता स्वीकार गरेको वताए ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री यादवले संघीयता अनुसार निर्माण गरिएको प्रदेश सरकारको अधिकारमा समेत कटौती गरेको बताए ।
ठूला पार्टीहरुले एकल जातिय सोचवाट वाहिर निस्केमा मात्र संघीयताको प्रभावकारी कार्यान्यव हुन सक्ने उपप्रधानमन्त्री यादवले प्रष्ट पारे ।

संघीयतालाई बलियो बनाउन पुनः एकपटक मधेश आन्दोलन हुनु पर्नेमा पार्टीका वरिष्ठ नेता अशोक राईले जोड दिए । संघीयता र समाजबादबाटै मुलुकका सवै समस्या समाधान हुने बताउँदै नेता राईले उत्पादन बृद्धिका साथै न्यायपूर्ण वितरण प्रणालीको विकास गर्नुपर्नेमा जोड दिए ।

अधिवेशनमा वरिष्ट उपाध्यक्ष युवराज कार्की, प्रदेश सदस्य जयराम यादव, जिल्ला अध्यक्ष राजकुमार यादव, भूराज राई र भूपेन्द्र नेम्वाङले प्रदेश सरकारलाई अधिकार सम्पन्न वनाउँनका साथै संविधानलाई सवै जनताको प्रतिनिधित्व हुने गरी संशोधन गर्नु पर्नेमा जाए ।

दुई दिनसम्म सञ्चालन हुने अधिवेशनमा प्रदेश अन्तर्गतका १४ जिल्लाका पार्टी प्रतिनिधिहरुको सहभागिता रहेको छ भने यसले नयाँ कार्य समिति चयन गर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर