पूर्वाञ्चल खबर
विराटनगर / विद्यार्थीको चाहाना अनुरुपको सिकाइलाई प्राथमिकतादिने उदेश्यले विद्यालयमा गरिएका कार्यहरुको समिक्षागरिएको छ ।
विराटनगरमा आज आयोजित कार्यक्रममा मोरङ,सुनसरी र उदयपुरका गरी १० वटा विद्यालयहरुले बृर्तिमार्ग निर्देशनशिक्षाकार्यक्रमअन्तरगत गरेका कार्यहरुको समिक्षागरिएको हो ।
बृर्तिमार्ग निर्देशन शिक्षा कार्यक्रम अन्तरगत अन्तरंङ् ,हेल्भीटास र सिटिइ भिटिइको संयुक्त प्रयासमा मोरङका ६ ,सुनसरीका २ र उदयपुरका २ विद्यालय सहभागी छन् । बृर्तिमार्ग निर्देशन शिक्षा कार्यक्रममा विद्यार्थीको चाहना,उसको सिकाइको बाटो र रोज्ने कामको प्रकृति हेरेर ब्यक्तिलाई जीवनमा के काम गर्न सक्छ भनेर दिशा निर्देशन दिइन्छ । यस विधि मार्फत व्यक्तिको क्षमता पहिचान गरिने भएकाले यो कार्यक्रम फलदायी हुदै गएको र देशका ७ वटै प्रदेशमा सञ्चालन भइरहेको अन्तरंङ् संस्थाकी ंसंयोजक सुष्मा रेग्मीले जानकारी दिइन ।
कार्यक्रममा बोल्दै विराटनगर महानगरका मेयर भीम पराजुलीले व्यक्तिको क्षमता पहिचानसहितको शिक्षा कार्यक्रम प्रभावकारी हुने धारणा ब्यक्त गरे । विराटनगरमा ५ वटा विद्यालयमा यस खाले कार्यक्रम चलिरहेको र त्यहाँ बाट हुने बृर्तिमार्ग निर्देशन शिक्षा कार्यक्रमको अझ बढि समिक्षा गर्न सकिने मेयर पराजुलीको भनाइ थियो । विद्यालयमा ल्याइएका कार्यक्रमलाई बेवास्ता गर्ने कार्य नगर्न समेत मेयर पराजुलीले प्राध्यानाध्यापक तथा शिक्षकहरुलाई निर्देशन दिएका छन् ।
कार्यक्रममा विराटनगरमा पोखरिया मावि, आदर्श मावि, मिल्स मावि, सरस्वती मावि र जनपथ माविका सम्वन्धित शिक्षकहरुले बृर्तिमार्ग निर्देशन शिक्षा कार्यक्रममा विद्यार्थी माझ गरिएका कामको प्रस्तुती गरेका थिए ।