CLASSICTECH NET

जोगवनी नाका आजदेखि खुल्यो

खबर पूर्वाञ्चल, १० बैशाख २०७६, मंगलवार १८:१५

विराटनगर / आइतबारदेखि बन्द भएको जोगवनी नाका आजदेखि खुल्ला भएको छ । आज अररिया जिल्लामा हुने लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल भारत सिमा क्षेत्र आइतबार साँझ ५ वजेदेखि जोगवनी नाका बन्द भएको थियो ।

दोहोरो सुरक्षा समितिको बैठक तथा भारत सरकारको आग्रहमा दोहोरो सिमा सिल गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको हो ।आईतवार साँझदेखि ७२ घण्टासम्मकोलागि मोरङका विराटनगरको जोगवनी नाकासहितका अधिकांश नाकामा आवत जावतमा रोक लगाईएको थियो । अत्यावस्यक काम बाहेक कुनै पनि ब्यक्तिले आउ जाउ गर्न नपाउने गरी सिमा सिल गरिएको थियो । विहारमा हुने निर्वाचनलाई मध्यनजर राख्दै अवैध काम हुने भन्दै दोहोरो सिमा सिल गर्ने परम्परा अनुसार सिमा नाका बन्द गराईएको थियो ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५