CLASSICTECH NET

जोगवनी नाका तीन दिन बन्द

खबर पूर्वाञ्चल, ८ बैशाख २०७६, आईतवार २०:२६

विराटनगर / मंगलबार अरेरीया जिल्लामा हुने लोकसभा निर्वाचनलाई लक्षित गर्दै नेपाल भारत सिमा क्षेत्र जोगवनी नाका आज रातिदेखि बन्द गरिएको छ ।

भारतको लोकसभा निर्वाचनलाई मध्यनजर गर्दै सिमा नाका मंगलबार साँझ ५ बजेसम्म बन्द भएको हो । दोहोरो सुरक्षा समितिको बैठक तथा भारत सरकारको आग्रहमा दोहोरो सिमा सिल गरिएको जिल्ला प्रशासन कार्यालय मोरङले जनाएको छ ।

मोरङका सहायक प्रमुुख जिल्ला अधिकारी चन्द्रकला ओलीले भारतको निर्वाचनलाई लक्षित गर्दै सिमानाका सिल गरिएको जानकारी दिइन् । आईतवार साँझदेखि ७२ घण्टासम्मकोलागि मोरङका विराटनगरको जोगवनी नाकासहितका अधिकांश नाकामा आवत जावतमा रोक लगाईएको छ । अत्यावस्यक काम बाहेक कुनै पनि ब्यक्तिले आउ जाउ गर्न नपाउने गरी सिमा सिल भएको सहायक प्रमुुख जिल्ला अधिकारी ओलीले बताइन् । विहारमा हुने निर्वाचनलाई मध्यनजर राख्दै अवैध काम हुने भन्दै दोहोरो सिमा सिल गर्ने परम्परा अनुसार सिमा नाका बन्द गराईएको हो ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५