CLASSICTECH NET

दिल्ली ५ विकेटले विजयी, सन्दीप बने स्टाइलिस प्लेयर अफ द म्याच

खबर पूर्वाञ्चल, ८ बैशाख २०७६, आईतवार ०८:११

विराटनगर / भारतमा जारी १२औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिीनर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्सले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले पराजित गरि अन्तिम चारमा नजिक पसेकेको छ ।

। जवाफमा १ सय ६६ रनको विजय लक्ष्य पाएको दिल्लीले २ बल बाकी रहन्दै ५ विकेटको क्षतिमा सो विजय लक्ष्य पार गरेको थियो । यो जितसँगै दिल्लीले १० खेलबाट १२ अंक बनाएको छ र तालिकाको तेस्रो स्थानमा छ । १० खेलबाट १० अंक बनाएको पन्जाब चौथो स्थानमा छ । दिल्लीको जितमा कप्तान श्रेयस अय्यरले सर्वाधिक ५८ रन बनाए । उनी म्यान अफ द म्याच बने । अय्यरले ४५ बलमा जारी सिजनमा दोस्रो अर्धशतक बनाए । आईपीएलमा उनले यो १२ औं अर्धशतक हो । पृथ्वी शाले १३ रन बनाउँदा । शिखर धवनले ४१ बलमा ५६ रन , ऋषभ पन्तले ६ रन र कोलिन इन्ग्रामले ९ बलमा १९ रन बनाए ।

पन्जाब हार्डुस विलजोएनले ३९ रन खर्चेर २ विकेट लिए । मोहम्द शमीले एक विकेट लिए ।
यस अघि टस हारेर ब्याटिङ गरेको पन्जाबले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । पन्जाबका लागि क्रिस गेलले सर्वाधिक ६९ रन बनाए । मन्दिप सिंहले ३० रन योगदान गरे । हरप्रित बरार २० रन बनाउँदै अविजित रहे । कप्तान रविचन्द्रन अश्विनले १६ रन बनाए ।

दिल्लीतर्फ सन्दीप लामिछाने सबैभन्दा सफल बलर बने । उनले ४० रन खर्चेर ३ विकेट लिए । सन्दिपले क्रिस गेल, केएल राहुल र साम करणको विकेट लिएका थिए । ुन्दिपले पहिलो २ ओभरमा २७ रन दिएर १ विकेट लिए भने पछिलो २ ओभरका १३ रन दिएर २ विकेट लिएका थिए । त्यस्तै कगिसो रबाडा र अक्षर पटेलले २–२ विकेट लिए । सन्दीप स्टाइलिस प्लेयर अफ द म्याच बन्दै एक लाख भारु पुरस्कार पाए ।

तपाईको प्रतिक्रिया

biratnagar mahanagarpalika dasain
GREDED DASAIN
birat eye hospital
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५