CLASSICTECH NET

कला, संस्कृति, धार्मिकता तथा पर्यटन विश्वको नजरमा नेपालको शान : राष्ट्रपति भण्डारी

खबर पूर्वाञ्चल, २४ चैत्र २०७५, आईतवार १७:४६
फाइल तस्वीर

इटहरी / राष्ट्रपति विद्यादेवी भण्डारीले कला, संस्कृति, धार्मिकता तथा पर्यटन विश्वको नजरमा नेपालको शान भएकाले यसको विकासमा सम्बन्धीत निकायले विशेष ध्यानदिनु पर्नेमा बताएकी छिन् ।

सुनसरीको इटहरीमा नवनिर्मित कलात्मक श्रीकृष्ण प्रणामी मन्दिर मुक्तिधामको आज उदघाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । राष्ट्रपति भण्डारीले देशकै महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकसित हुने सम्भावना बोकेको विराट क्षेत्रमा सुविधायुक्त सार्वजनिक यातायात, पर्यटकीय सुविधाका साथै अन्य पूर्वाधारहरुको विकासमा ध्यान दिन सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराइन् ।

राष्ट्र, राष्ट्रियता तथा राष्ट्रिय सद्भाव अहिलेको अपरिहार्य रहेको बताउँदै राष्ट्रपति भण्डारीले सवै नेपाली कला, संस्कृति, परम्परा, रितिरिवाज तथा धार्मिक सहिष्णुता अहिलेको आवश्यकता रहेको बताइन् ।

उदघाटन पछि राष्ट्रपति भण्डारीले मन्दिरमा विशेष पूजा गर्दै राष्ट्रपति भण्डारीले विराट क्षेत्रमा अवस्थित मन्दिरले नेपालकै धार्मिक महत्व बढाएको बताइन् ।

करिव ७ करोडको लागतमा देशमै आकर्षक श्रीकृष्ण मन्दिर निर्माण भएको छ । विभिन्न दाताबाट प्राप्त सहयोग तथा चन्दा संकलन गरी मन्दिर निर्माण गरिएको वृहत्तर मुक्तिधाम विकास समितिका अध्यक्ष हेम घिमिरेले जानकारी दिए ।

मन्दिर उद्घाटन समारोहमा मुख्यमन्त्री शेरधन राई, प्रदेश प्रमुख डा. गोविन्द तुम्बाहांग, संघीय महिला बालबालिका मन्त्री थममाया थापा मगर, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालवाबु पण्डित लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५