CLASSICTECH NET

दक्षिण भारतबर्षकै प्रखर बिद्घान चिन्नजीयर स्वामीलाई विराटनगरमा नागरिक अभिनन्दन

खबर पूर्वाञ्चल, १६ चैत्र २०७५, शनिबार १९:१३

विराटनगर / दक्षिण भारतबर्षकै प्रखर बिद्घान ब्यक्तित्व त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्नजीयर स्वामीलाई आज विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ ।

विराटनगर स्थित वार्ड नं ४ मा नवनिर्वित श्रीलक्ष्मीनारायण मन्दिरको भगवत्प्राण –प्रतिष्ठा समारोहमा सहभागी बन्न आएको अवसर पारेर विराटनगर महानगरपालिका र नरेन्द्रप्रसाद आशालता रिजाल प्रतिष्ठानले सम्युक्तरुपमा स्वामीलाइ अभिनन्दन गरिएको हो ।

कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले ताम्रपत्र सहितको नागरिक अभिनन्दन गरिएको प्रमाणपत्र त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्नजीयर स्वामीलाई प्रदान गरेका थिए । यस्तै नगेन्द्रप्रसाद आशालता रिजाल प्रतिष्ठानले प्रदान गर्दे आएको दुई पुरस्कार समेत सोही अवसरमा प्रदान गरिएको थियो ।
प्रतिष्ठानकी अध्यक्ष इन्दिरा रिजाल र सामाजिक विकास मन्त्री जीवन घिमिरे तथा मेयर भीम पराजुलीले १ लाखको धर्म संस्कृति पुरस्कार चिन्नजीयर स्वामीलाई र बाङ्गमय पुरस्कार गायत्री स्वरुपाश्रम झापालाई १ लाख रुपैया प्रदान गरेका छन् ।

अभिनन्दन कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्री जीवन घिमिरेले धार्मिक ,सांस्कृतिक तथा बैज्ञानीक प्रविधीलाई समेत मिलाएर काम गर्न आबश्यक रहेको औल्याए । नैतिकता र इमान्दारिताका लागि धर्म जागरण आवश्यक भएको र यसको संरक्षण र सम्बद्घनका लागि प्रदेश सरकार सदैब तयार रहेको बताए ।

विराटनगर महानगरका मेयर भीम पराजुलीले दक्षिण भारतबर्षकै प्रखर बिद्घान र सामाजिक ब्यक्तित्वको नागरिक अभिनन्दन गर्न पाउँदा खुशी भएको बताए । धर्म ,संस्कृति ,नैतिकता र इमान्दारिता समाजको गहना भएको भन्दै मेयर पराजुलीले धार्मिक गतिविधि र कार्यक्रमलाई आफुले उच्च महत्व दिएको बताए । मेयर पराजुलीले विराटनगर महानगरलाई उच्च नैतिकबानहरुको सहर र धार्मिक नगरी बनाउने महाअभियानमा आफु उभिएको बताए । बुधवारवाट शुरु भएको ५ दिवसिय भगवत्प्राण –प्रतिष्ठामा स्वामीजीको स्वागत तथा दर्शनका लागि नेपालभरिबाट १ लाख भन्दा बढी दर्शनार्थी विराटनगर आउने क्रम जारी रहेको आयोजकले बताइएको छ ।

तपाईको प्रतिक्रिया

EVREST SCHOOL KO SAMMAN
AIMS COLLEGE
SOMS COLLEGE
EDEN BORG COLLEGE
merryland college
NEPAL BUSNESH COLLEGE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५