चालु आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण कार्यले गति लिन्छ– मन्त्री आङवो

खबर पूर्वाञ्चल, १४ चैत्र २०७५, बिहीबार २०:२९

विराटनगर / प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रवहादुर आङवोले संघीयता कार्यान्वयनको पहिलो वर्ष रहेको अवस्थामा प्रदेश संरचनाको कमी र कर्मचारी समायोजनको कारण लक्ष्य अनुसार वजेट खर्च हुन नसकेको वताए ।

आर्थिक मामिला तथा योजना मन्त्रालय प्रदेश १ ले आज विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष २०७५ः७६ को वजेट कार्यान्वयन सम्वन्धी एक दिने अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री आङवोल सो कुरा बताएका हुन् ।
मन्त्री आङवोले प्रदेशले निर्माण गर्ने वहुवर्षिय निर्माणको योजनाको विस्तृत अध्ययन गर्न समय लागेको र अहिले ठेक्का लगाउन वोलपत्र आव्हान भै सकेकोले चालु आर्थिक वर्षको अन्त्यसम्ममा निर्माण कार्यले गति लिने र एक्काइस दिने सार्वजनिक सुचनाको ठेक्का प्रणाली उचीत नभएको वताए ।
प्रदेश सभासदस्यहरुको सुझावलाई कार्यान्वयन गर्ने विश्वास व्यक्त गर्दै रातो कितावमा भएका योजनाहरु १० प्रतिशत रकमान्तर गरी कार्यान्वयन गर्ने समेत मन्त्री आङवोले वताए ।

अन्तरक्रियामा प्रदेश सभासदहरुले समानुपातिक सदस्यहरुलाई वजेट विनियोनमा विभेदको अन्त्य हुनुपर्ने, वजेट विभेद रहितले वितरण हुनुपर्ने, विकास निर्माण कार्यको अनुगमन हुनुपर्ने,कर्मचारी व्यवस्थापन गर्नुपर्ने लगायतका मन्त्री आङवोले सुझाव दिए ।

यस्तै अन्य सुझावहरुमा सानो कार्यका लागि प्राविधिक शव्दले अल्मलाएको,सवै सदस्यहरुमा समानुपातिक रुपमा वजेट वितरण हुनु पर्ने,सडक र जलश्रोत वाहेक अन्य क्षेत्रमा लगानी हुनुपर्ने,पूजींगत खर्च वढाउने कार्य गर्नुपर्ने,वजेट खर्च विधि सजिलो वनाउनु पर्ने, फाष्ट्र ट्रयाक सहमती कायम गरी विकास खर्च वृद्धि गर्न सुझाव दिए ।

यसरी सुझाव दिने प्रदेश सभासदहरुमा सूर्यमाराज राई, सर्वध्वज साँवा,उमिता विक,जयराम यादव ,नवोदिता चौधरी, कूलवहादुर साँवा, विष्णुमाया तुम्वाहाम्फे,अर्जुन राई, श्रीप्रसाद मैनाली, एकराज कार्की, शेखर थापा, उषाकला राई, उपेन्द्र घिमिरे ,रामकुमार मगर र हिमाल काकी रहेका थिए ।

प्रदेश सरकारको खर्च

प्रदेश नं १ को तेश्रो चौमासिक वजेट निकाशा भएको अवस्थामा पूजींगततर्फ कूल खर्च ११ दशमलव २२ प्रतिशत मात्र भएको छ ।

प्रदेशको वार्षिक वजेट ३५ अर्व ९३ करोड ६० लाख १४ हजार मध्ये पूजींगत तर्फ वार्षिक विनियोजन रु १८ अर्व ८७ करोड ७४ लाख ५१ हजार ५९० मध्ये रु २ अर्व ११ करोड ७३ लाख १४ हजार १७० दशमलव ५० पैसा खर्च भै जम्मा ११ दशमलव २२ प्रतिशत खर्च भएको छ।

यसैगरी चालु तर्फ १७ अर्व ५ करोड ८५ लाख ६२ हजार ४१० मध्ये २ अर्व ४३ करोड ९५ लाख ३० हजार ९५९ दशलम चालीस पैसा खर्च भई जम्मा १४ दशमलव ३० प्रतिशत खर्च भएको प्रदेश लेखा नियन्त्रण कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ।

यस्तै प्रदेशको कूल आम्दान रु १४ अर्व ६४ करोड १३ लाख ३ हजार ५३९ दशमलव ६८ पैसा मध्ये रु ४ अर्व ५५ करोड ६८ लाख ४५ हजार १२९ दशमलव ७० पैसा (१२ दशमलव ६८ प्रतिशत) खर्च भएको उल्लेख गरिएको छ ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५