पूर्वाञ्चल खबर
सुनसरी /इटहरीमा आइतबार देखि सुरु भएको मेयरकप खेलकुद प्रतियोगिता अन्तर्गत फूटबलमा रामधुनी नगरपालिकाले बिजयी सुरुवात गरेको छ ।
इटहरी रंगशालामा भएको प्रतियोगिताको उदघाटन खेलमा रामधुनी नगरपालिकाले इटहरी उपमहानगरपालिका रातोलाइ १– ० गोल अन्तरले पराजित गरेको हो । जीतसंगै रामुधनी नगरपालिका सेमिफाइनल प्रवेश गरेको छ । रामधुनीलाइ विजयी गराउँन खेलको २७ औ मिनेटमा सन्दिप लिम्वूले गरेको गोल नै आजको निर्णायक वन्यो । आइतबारको खेलको म्यान अफ द म्याच रामधुनीका आविश्कार खडका घोषित हुदै नगद २ हजार पाए ।
री रंगशालामा भएको प्रतियोगिताको उदघाटन खेलमा रामधुनी नगरपालिकाले इटहरी उपमहानगरपालिका रातोलाइ १– ० गोल अन्तरले पराजित गरेको हो । जीतसंगै रामुधनी नगरपालिका सेमिफाइनल प्रवेश गरेको छ । रामधुनीलाइ विजयी गराउँन खेलको २७ औ मिनेटमा सन्दिप लिम्वूले गरेको गोल नै आजको निर्णायक वन्यो । आइतबारको खेलको म्यान अफ द म्याच रामधुनीका आविश्कार खडका घोषित हुदै नगद २ हजार पाए ।
सोमबार दुईवटा खेल हुनेछन । पहिलो खेलमा धरान उपमहानगर र गढि गाँउपालिका बिच प्रतिष्पर्धा हुँदा र दोश्रो खेल इनरुवा र दुहवी नगरपालिका विच हुने छ । प्रतियोगिताको बिजेताले नगद १ लाख र उपबिजेताले ५० हजार नगद पुरस्कार पाउनेछ ।
आज देखि सुरु भएको सुनसरी जिल्लाका पालिका स्तरीय फुटवल प्रतियोगितामा आठ टिमको सहभागिता छ । प्रतियोगिताको फाइनल खेल चैत १५ गते हुने छ । यसअघि प्रतियोगिताको इटहरीका मेयर द्धारिकलाल चौधरीले उदघाटन गरे । मेयरकप प्रतियोगिता अन्र्तगत फूटबल सहित प्रदेश नम्वर १ का पालिका स्तरीय क्रिकेट, भलिवल र तेक्वान्दो प्रतियोगिता समेत हुने छन् ।
क्रिकेट वाहेकका सवै प्रतियोगिता इटहरी रंगशालामा हुने छन । क्रिकेट प्रतियोगिता इटहरी ९ स्थित क्रिकेट मैदानमा हुने छ । चैत १४ गते देखि १६ सम्म भलिवल प्रतियोगिता चैत २८ गते देखि वैशाख ३ गते सम्म क्रिकेट प्रतियोगिता र वैशाख ३ गते देखि ६ गते सम्म तेक्वान्दो प्रतियोगिता हुने छ ।