पूर्वाञ्चल खबर
विराटनगर / माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ परीक्षा आजबाट शूरु भएको छ । यस बर्षको एसइई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागि हुने परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ ।

मोरङमा भने एसईई परीक्षामा नियमित तर्फ १८ हजार ३ सय ५२ जना विद्यार्थीले परीक्षा दिदैछन् । त्यस्तै एक्जाम्टेडतर्फ २ सय ८४ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ मोरङका प्रमुख राजेन्द्र बुढाथोकीले जानकारी दिए ।
मोरङमा ६९ वटा परीक्षा केन्द्रबाट एसईई परिक्षा भइरहेको छ । मोरङमा सामुदायिक १ सय ७९ वटा र संस्थागत १ सय ९ गरी जम्मा २ सय ८८ वटा विद्यालय परिक्षामा सहभागी भइरहेको शिक्षा विकास तथा समन्वय इकाइ मोरङले जनाएको छ ।
आजदेखि शूरु भएको एसइई परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ । पहिलो दिन आज अग्रेंजी विषयको परीक्षा भएको छ ।