विराटनगरको मेरिल्याण्ड कलेजमा नेपालका उद्यमीबाट उद्यमशीलता कार्यशाला हुने

खबर पूर्वाञ्चल, ४ चैत्र २०७५, सोमबार २२:२४

विराटनगर / विराटनगर ६ स्थित मेरिल्याण्ड कलेज विराटनगरमा विद्यार्थीको लागि उद्यमशीलता कार्यशाला हुने भएको छ ।

मेरिल्याण्ड कलेजमा चैत १५ गते उक्त कार्यक्रम गर्न लागेको हो ।
यूवा र उद्यमशीलता विषयमा हुने उक्त कार्यशालामा ज्योति समुहमा निर्देशक सौरभ ज्योति , दि फक्तरी टिमका प्रमुख कार्यकारी निर्देशक अहमद डुल्ला साथै एमएम ग्रुपका प्रवन्ध निर्देशक सुयश प्याकुरेलले बिद्यार्थीसंग छलफल गर्ने साथै उद्यमशीलताको बारे कार्यशाला गर्ने कलेजका विजनेस डेभलप्मेन्ट म्यानेजर विवेक दाहालले जानकारी दिए ।
कलेजमा बेलायतको यूनिभर्सिटी अफ वल्भरह्याम्टनको विविएम पढिरहेका सम्पूर्ण बिद्यार्थीहरुलाई वास्तविक उद्यमी र नेपाली बजार क्षेत्रको जानकारी दिने उदेश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको कलेजका प्रमुख कार्यकारी डा. ऋषिकेश वाग्लेले बताए ।

इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा सञ्चालित यस कलेजमा बेलायतको विजनेस डिग्री सर्वशुलभ शुल्कमा अन्तरास्ट्रियस्तरमानै पढाइ हुदै आएको छ । इनोभेट नेपाल ग्रुपको व्यस्थापनमा मेरिल्याण्ड कलेज विराटनगर, इटहरी इन्टरनेसनल कलेज , इस्लिंग्टन कलेज काठमाडौं , हेराल्ड कलेज काठमाडौं र इन्फोम्याटिक्स कलेज पोखरा सञ्चालनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया

lordbuddha academy
GREENLAND
ARNIKO
EVREST
KVM
budhanilakanth
kantipur
SAGARMATHA-2075
ORCHID
greded

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५