RUMPUM
animated ellipse animated ellipse

महिला साफ च्याम्पियनसिपमा नेपालकोविजयी सुरुवात

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ फाल्गुन २०७५, मंगलवार १८:२५
3
Shares
भुटानविरुद्ध बल अगाडि बढाउँदै नेपालकी साबित्रा भण्डारी

विराटनगर / विराटनगरमा भएको साफ महिला च्याम्पियनसिपमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ ।

विराटनगरको शहिद रंगशालामा आज भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

नेपालको जितमा मञ्जलीकुमारी योन्जन, साबित्रा भण्डारी र कप्तान निरु थापामगरले समान एक–एक गोल गरिन् । खेलको १३ औ मिनेटमा मञ्जलीकुमारी योन्जनले गोल गर्दै नेपाललाई पहिलो सफलता दिलाएकी थिइन् । त्यस्को ३ मिनेटपछि सावित्रा भण्डारीले गोल थप्दै नेपालको अग्रता दोब्बर पारिन् । खेलको ५५ औं मिनेटमा कप्तान निरु थापाले गोल गर्दै नेपालको जीत सुनिश्चित गरेकी थिइन् । उनले सावित्रा भण्डारीले गरेको हेडर बललाई गोलमा परिणत गरेकी थिइन् ।

पहिलो हाफ २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा एक गोल थप्यो । त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । र, नेपालले खेल ३–० ले जित्यो । अब नेपालले समूह चरणको अन्तिम खेल चैत २ गते बंगलादेशसँग खेल्नेछ । अब ब्धबारको खेलमा समूह ‘बी’का दुई टोली भारत र माल्दिभ्सले खेल्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर