CLASSICTECH NET

सहकारी संस्थाले नाफा मुुखिभन्दा सेवा मुुखि भएर काम गर्नुु पर्छ– मुख्यमन्त्री राई

खबर पूर्वाञ्चल, १७ फाल्गुन २०७५, शुक्रबार १९:१३

विराटनगर / प्रदेश न १ का मुुख्यमन्त्री शेरधन राईले, सहकारी क्षेत्रलाई थप व्यवस्थित वनाउने गरी आगामी वजेटमा प्रदेश सरकारले नयाँ निति तथा कार्यक्रम ल्याउने तयारी गरिरहेको वताएका छन् ।

सहकारी क्षेत्रको प्रर्वद्धनमा प्रदेश तथा स्थानियतहका भुुमिका विषयक प्रदेश स्तरिय गोष्ठिलाई आज विराटनगरमा संवोधन गर्दै मुख्यमन्त्री राईले जनताको घरघरमा पुुगेर आवश्यकता अनुुसार  सहकारीले आयमुुलक कार्यक्रम सञ्चालन गर्नुु पर्ने वताएका हुन् । 

मुख्यमन्त्री राईले  सहकारी मुुलुुकको अर्थतन्त्रको पिलर प्रदेश सरकाले कृषि र सहकारीको अभियानलाई संगसंगै अघि वढाएको बताए । उनले सहकारी संघसंस्थाहरुले पनि नाफामुुखिभन्दा पनि सेवा मुुखि भएर काम गर्नुु पर्नेमा जोड दिए । मुख्यमन्त्री राईले प्रदेश न १ विकाशको गतिमा अघि वढि सकेको भन्दै गोष्ठिवाट आएको सुुझावलाई संवोधन हुुने गरी सहकारीको विकाशका लागी प्रदेश सरकारले नयाँ निति तथा कार्यक्रम वनाउने तयारी रहेको बताए । 

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद  वडाल, प्रदेश न १ का प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष सुुवोधराज प्याकुुरेल, प्रदेश न १ भुुमि व्यवस्था , कृषि तथा सहकारी मंत्रालयका सचिव हस्तवहादुुर विष्ठ लगायतले प्रादेशिक संरचनामा सहकारीको महत्वमाथी प्रकाश परे ।

कार्यक्रममा प्रदेश सभाका सदस्यहरु जयरामयादव, सर्वध्वज सांवा, शेखरचन्द्र थापा, सावित्री रेग्मी, एन.डी.पी.का सहायक आवासिय प्रतिनिधि विजय सिंह, महासंघका सञ्चालक रमेशप्रसाद पोखरेल र महासंघका उपाध्यक्ष ओमदेवी मल्ल बोलेका थिए ।  

गोष्ठीको दोश्रो दिन सहकारी मैत्री स्थानीय, प्रदेश र संघीय कानुन विषयमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले गर्ने र प्यानल छलफल समेतको कार्यक्रम रहेको जिल्ला सहकारी संघ लि. मोरङका अध्यक्ष डिल्ली पोखरेलले वताए ।

राष्ट्रिय सहकारी महासंघको आयोजनामा दुुई दिनसम्म चल्ने सो गोष्ठिमा प्रदेश न १ प्रदेश सदस्य, १ सय ३७ वटा स्थानियतहका प्रमुुख , उपप्रमुुख, प्रमुुख प्रसासकिय अधिकृत तथा जिल्ला सहकारीसंघका अध्यक्षहरुको   सहभागिता रहेको छ । 

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५