पूर्वाञ्चल खबर
विराटनगवर / विराटनगरमा तीन दिने विराट फुड फेस्टा सुरु भएको छ । जातिय पहिचान सहितको फुड फिस्टा सुरु भएको हो ।
फेस्टामा नेवारी, थारु, किराती, मारवाडी, इन्डियन, चाइनिजलगायत जातिय परिकारहरु प्रदर्शनीमा राखिएको छ । फेस्टाको विराटनगरका मेयर भीम पराजुलीलले उद्घाटन गरेका थिए । भाजु युवराज फाउन्डेसन,एनवाईइ र मन्जिना मुभिज क्रिएशनको सहकार्यमा सुरु भएको ‘विराट फुड फेस्टामा विभिन्न जातिका आफ्ना स्थानीय खाना सहितको २५ स्टल राखिएका छन् ।