RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चललाई पराजित गर्दै होराइजन विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ माघ २०७५, आईतवार २१:०६
3
Shares

पुष्पराज थपलिया
विराटनगर । विराटनगरमा जारी जिल्ला स्तरीय ए डिभिजन क्रिकेट प्रतियोगितामा होराइजन क्रिकेट क्लब विजयी भएको छ ।

विराटनर– १९ मा रहेको वैजनाथ क्रिकेट मैदानमा आज समुह ए अन्तरगतको खेलमा हाराइजनले पूर्वाञ्चल क्रिकेट एकाडेमीलाई ५ विकेटले पराजित गरेको छ ।
ओभर घटाएको खेलमा टस जितेर ब्याटिङ गरेको पूर्वाञ्चले निर्धारित २० ओभरमा सवै विकेट गुमाई ९९ रनमा अलआउट भएको थियो । पूर्वाञ्चका का श्रवण यादव ३४ रन बनाउँदा विवेक झाले १८ रनको योगदान दिए । होराइजनका आयुश ओडारी ४ विकेट लिँदा दिपेश कंडेल २ विकेट लिए ।

जवाफमा १ सय रनको विजयी लक्ष्य पछ्याएको होराइजनले १८ दशमलव ५ बलमा ५ विकेटको नोक्सानीमा सो विजयी लक्ष्य भेट्टाएको थियो । होराइजनका लव कामतले ४० रन बनाउँदा दिपेश कंडेलले ३८ रनको योगदान दिए पूर्वाञ्चलका अजय राजबंशील २ विकेट लिए । होराइजनका अलराउण्डर खेलाडि दिपेश कंडेल खेलको म्यान अफ दी म्याच घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर