RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा चित्रकला प्रर्दशन हुने, जहाँ प्रदेशभरीका कलाकार आउने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ माघ २०७५, बुधबार १६:२५
3
Shares

विराटनगर / १ नम्बर प्रदेश स्तरीय चित्रकला प्रर्दशनी विराटनगरमा हुने भएको छ । ललित कला संगठनको आयोजना र लायन्स क्बल अफ विराटनगर योङ्ग हटको सहयोगमा माघ २६ र २७ गते विराटनगरस्थित नमस्कार होटलमा चित्रकला प्रर्दशन हुने भएको हो ।

आयोजक समितिले विराटनगरमा आज पत्रकार सम्मेलन गरि प्रदेश स्तरीय चित्रकला प्रर्दशनीमा १४ जिल्लाका ४४ जना कलाकारहरूले तयार गरिएको चित्रहरू प्रर्दशनीमा राखिने जानकारी गराएको छ । ‘कलाको सम्मान र उनीहरूको प्रतिभा उजागर गर्न प्रर्दशन स्तरीय चित्रकला आयोजना गर्न लागेका हौं,’ ललित कला संगठ विराटनगरकी अध्यक्ष अनुराधा थापाले भनिन्, ‘यसको तयारीमा हामी जुटेका छौं ।

सबैको साथ सहयोगले भव्य र सभ्य गर्नेछौं ।’ उनका अनुसार माघ २६ गते प्रदेशभरीका कलाकारहरूको विराटनगरमा उपस्थिती भएर विचार विमर्श गर्नेछन् । ‘प्रर्दशनको अघिल्लो दिन कलाकारहरू भेला हुन्छन्,’ अध्यक्ष थापाले भनिन्, ‘त्यस दिन एकै ठाउँमा जमघट भएर चित्रहरू बनाउँछन् । उनीहरूले बनाएको चित्र सन्देशमुलक हुनेछ । त्यस चित्र माघ २७ गते प्रर्दशनमा राखिनेछ ।’ प्रर्दशन सम्पन्न गर्न करिब २ लाख रुपैयाँ खर्च हुने अयोजकले अनुमान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर