पूर्वाञ्चल खबर
सुनसरी / उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान सुनसरीले आयोजना गरेको स्पोर्टस मिटमा आज भलिबलका दोस्रो चरणका खेलहरु सम्पन्न भएका छन् ।
इटहरी रंगशालामा भएको छात्र भलिबलको दोस्रो चरणको पहिलो खेलमा अल्पाइन स्कूलले बिश्वआदर्शलाइ २–० को सोझो सेटले पराजित गरेको छ । दोस्रो खेलमा चामुण्डा उच्च माबिले नेशनल एकेडेमीलाइ २–१ को सेटले पराजित गरेको छ । यस्तै अर्को खेलमा भिक्टोरी उच्च माबि नआएपछी कस्तुरी उच्च माबि बाइ पाएर बिजयी भएको छ ।
आजैै सम्पन्न छात्रा तर्फको खेलमा समिट उच्च माबि नआएपछी नेशनल उच्च माबि बाइ पाएर बिजयी भएको छ । यस्तै अर्को खेलमा पुर्वाञ्चल उच्च माबिले युरेका स्कूललाइ २–० को सोझो सेटले पराजित गरेको छ । यस्तै कस्तुरीले सुष्मा उच्च माबिलाइ २–० को सोझो सेटमा पराजित गर्दा सोमबारको अन्तिम खेलमा नेशनल उच्च माबि भिक्टोरी उच्च माबि नआएपछी बाइ पाएर बिजयी भएको छ । प्रतियोगिता अन्तर्गत भोली मंगलबार देखी सेमिफाइनलका खेलहरु सुरु हुने हिसान सुनसरीका सचिव एवंम भलिबल खेलका संयोजक पेशल पोखरेलले बताए ।
इटहरी स्थित डिभिएम स्कूल परिषरको मैदानमा सम्पन्न क्रिकेटको पहिलो खेलमा बिश्वआदर्शले युरेका स्कूललाइ ५३ रनले पराजित गरेको छ । यस्तै दोस्रो खेलमा सीबि कलेजले डिपोट उच्च माबिलाइ ५ रनले पराजित गरेको छ । माघ १२ सम्म चल्ले बिभिन्न प्रतियोगितामा सुनसरी जिल्लाका हिसानमा आबद्ध ३३ बिद्यालयले भाग लिएका छन ।