AArya
RUMPUM
animated ellipse animated ellipse

डिभोर्सपछि पहिलो पटक अन्जु पन्त र मनोजराजको स्वरमा ‘सम्झे पनि तिम्रो याद’ (भिडियो)

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ माघ २०७५, शुक्रबार २०:१३
3
Shares

काठमाडौं / गायिका अन्जु पन्त र गायक तथा सङ्गीतकार मनोजराज शिवाकोटीको स्वरमा ‘सम्झे पनि तिम्रो याद…’ बोलको नयाँ गजल सार्वजनिक भएको छ ।

गजलकार सुरेश वाग्लेको एकल एल्वम ’तिमी साथ भएपछि’मा समावेस शुक्रबार सार्वजनिक गजलमा गजलकार वाग्लेको शब्द तथा मनोजराजकै सङ्गीत सुन्न सकिन्छ।

निकेश खड्काको निर्देशनमा तयार भएको सार्वजनिक गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, मोडल अनिल थापा र गजलकार वाग्ले स्वयंको अभिनय देख्न सकिन्छ। सार्वजनिक गीतलाई सचिन सिंहले एरेन्ज गरेका हुन्।

डिभोर्सपछि पहिलो पटक अन्जु पन्त र मनोजराजले यसै गीतमार्फत् साङ्गीतिक सहकार्य सुरु गरेका हुन्। गीतको भिडियो सार्वजनिक सम्बन्धमा कुरा गर्दै रचनाकार वाग्लेले अन्जु पन्त र मनोजराज सङ्ग आफ्नो निकै पुरानो चिनजान रहेको बताउँदै उनीहरूको पारिवारीक सम्बन्धभन्दा टाढा रहेर साङ्गीतक यात्रालाई निकट बनाएको जानकारी दिए। उक्त गजल करिव १५ वर्ष अघि उनीहरूले स्टेजमा गाउने गरेको सम्झँदै वाग्लेले आफ्नो विशेष पहलमा उनीहरूलाई फेरि सङ्गै गाउने वातावरण तयार गरेको जानकारी दिए।

सार्वजनिक भिडियोमा निर्देशक निकेश खड्काले गायिका अन्जु पन्तको जीवनमा भएको वास्तविक भूमिकामा नायिका प्रियंका कार्की र मनोजराजको भूमिकामा मोडल अनिल थापालाई दर्शक स्रोतामाझ प्रस्तुत गर्ने प्रयास गरेको जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर