RUMPUM
animated ellipse animated ellipse

खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ माघ २०७५, शुक्रबार १७:२२
3
Shares

झापा / झापाको शिवसताक्षी नगरपालिका ५ मा एक बालकको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ ।

आज दिउँसो स्थानीय गोपाल ताजपुरियाको १८ महिने छोरा टंकप्रसाद ताजपुरीया आफ्नै घरको कल नजिक रहेको पानीको खाल्डोमा डुबिरहेको अवस्थामा बालकको आफन्तले फेला परेका थिए ।

बालकलाई तत्काल उद्धार गरी उपचारको लागि स्थानीय स्वास्थ्य चौकी लगिएकोमा उपचारमा संग्लग्न चिकित्सकले मृत घोषणा गरेका थिए । उक्त स्थानमा ईलाका प्रहरी कार्यालय शिवगञ्ज प्रहरी टोलीले थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर