छुट्टाछुट्टै स्थानबाट लागूऔषध सहित ३ पक्राउ

खबर पूर्वाञ्चल, २९ पुष २०७५, आईतवार १६:०२

विराटनगर / मोरङको छुट्टाछुट्टै स्थानबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका ३ दुर्गा चोकबाट शनिवार बेलुका लागूऔषध सहित सुनसरीको चतरा घर भएका २८ वर्षीय प्रकाश राईलाई पक्राउ गरेको हो । राईलाई सि.आर.भी.े पंजावी पेट्रोल पम्पबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्ने क्रममा लागूऔषध लुपिजेसीक ५ एम्पुल, डाईजेल्याब ५ एम्पुल र फेनारगन ५ एम्पुल फेला पारी बरामद गरेको हो । पक्राउ परेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखि थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।

त्यसैगरी मोरङको रंगेली नगरपलिका ५ आँपगाछीबाट लागूऔषध सहित पथरी शनिश्चरे नगरपालिका ८ का १९ वर्षीय झमक बिष्ट र १६ वर्षीय रविन माझीलाई पक्राउ गरेको छ । प्रहरी चौकी आँपगाछीबाट खटिएको प्रहरी टोलीले को २९ प २९६२ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा लागूऔषध नाईट्राभेट ६० एम्पुल, स्पास्मोप्रोक्सिभन १६ थान र २५ ग्राम गाँजा फेलापारी बरामद गरेको हो । पक्राउ परेका उनीहरुलाई ईलाका प्रहरी कार्यालय रंगेलीमा राखि थप अनुसन्धान भईरहेको रंगेली प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५