CLASSICTECH NET

प्रदेश चारको रोमाञ्चचक जित

खबर पूर्वाञ्चल, २८ पुष २०७५, शनिबार १९:१२

इनरुवा / मेखबहादुर सेनले इनिङकोे अन्तिम बलमा निर्णायक चौका प्रहार गर्दै मनमोहन स्मृति एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश ४ लाई जित दिलाएका छन् ।

सुनसरीको इनरुवामा जारी प्रतियोगितामा प्रदेश ४ लाई जितकालागि अन्तिम ओभरमा ४ रनको खाँचो थियो । अन्तिम ओभर बलिङ गरेका एपीएफका कमलसिंङ ऐरीले ५ डट बल फयाल्दै कुनै पनि रन दिएनन् ।े अन्तिम बलमा जितकालागि चार रन आवश्यक रहेको अवस्थामा क्रिजमा रहेका मेखबहादुर सेनले चौका प्रहार गर्दै टिमकालागि रोमाञ्चक जित दिलाए । पुछारका ब्याट्सम्यान सेन र राजु गुरुङले नटआउट ११ रन जोडेपछि प्रदेश नम्वर ४ ले विभागिय टोली एपीएफलाई १ विकेटले पराजित गरेको हो ।

एपीएफका अनिल साहले ४ विकेट लिएपनि टिमलाई जित भने दिलाउन सकेनन् । एपीएफले दिएको २ सय १६ रनको लक्ष पछ्याएको प्रदेश ४ लाई आफ्नो पहिलो खेलमा जित दिलाउन अनिल गुरुङ र विधान श्रेष्ठले अर्धशतक पुरा गरे । गुरुङ ६४ रन बनाएर आउट भए भने श्रेष्ठले ६१ रनको पारी खेले । मन्जिल न्यौपानेले टिमको खातामा ३१ रन जोडे ।

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको एपीएफले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय १५ रन बनाएको थियो । एपीएफकालागि इसान्त अहमदले नटआउट ३० रन, भुवन कार्कीले ३६ रन बनाए भने अनिल साहले २६ रन जोडे । प्रतियोगिताको म्यान अफ द म्याच विधान श्रेष्ठ घोषित भए । भोलिको खेल प्रदेश १ र प्रदेश ४ बिच हुने छ ।

तपाईको प्रतिक्रिया

greenland college
KANTIPUR

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५