RUMPUM
animated ellipse animated ellipse

गायक सुमित खड्काको एकल साँझ हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ पुष २०७५, बिहीबार १९:२१
3
Shares

विराटनगर / विराटनगरका चर्चित गायक सुमित खड्काको एकल साँझ हुने भएको छ ।

आउँदो माघ १८ गते विराटनगरस्थित वीरेन्द्र सभा गृह हलमा खड्काको एकल साँझ हुने भएको हो । देशभक्ति गीत प्रस्तुत गरेर चर्चा कमाएका गायक खड्काले राष्ट्रिय भावनका गीतहरू प्रस्तुत गर्ने छन् । ‘अहिलेसम्म एक दर्जन बढी राष्ट्रिय गीत समावेश भएको एल्वमहरू बजारमा ल्याए,’ गायक खड्काले भने, ‘१ सय भन्दा बढी राष्ट्रिय भावनाका गीतमा मेरो स्वर छ । यी राष्ट्रिय गीत मध्येका चर्चित गीत एकल साँझमा प्रस्तुत गर्नेछु ।’

गायक खड्काले एकल साँझमा दुई दर्जन बढी गीत प्रस्तुत गर्ने तयारी गरेका छन् । ‘महानगरपालिकामा राष्ट्रिय गीतको एकल साँझ अहिलेसम्म भएको छैन,’ उनले भने, ‘एकल साँझमा राष्ट्रिय भावनाले भरिएको गीतबाट छुट्टै मनोरञ्जन दिलाउनेछु ।’ राष्ट्रिय भावनका गीतलाई पहिलो प्रथामिकतामा राखेर संगीत क्षेत्रमा लागि परेका गायक खड्काले गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर