AArya
RUMPUM
animated ellipse animated ellipse

ईमानको अध्यक्षमा केसी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ पुष २०७५, आईतवार २१:५३
3
Shares

विराटनगर / नेपाल शैक्षिक बजार ब्यवस्थापन संघ (इमान ) को पहिलो राष्ट्रिय महाधिवेशनले नरेन्द्रकुमार केसीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

विराटनगरमा सम्पन्न महाधिवेशनले १६ जनाको कार्यसमिती सर्वसहमतीमा चयन गरेको हो । कार्यसमितिको वरिस्ठ उपाध्यक्षमा मोरङका माधवप्रसाद खतिवडा, उपाध्यक्षहरुमा क्रमशः सुनसरीका अर्जुन गिरी, सिरहाका महेश महतो र काठमाडौका श्रीकृष्ण श्रेष्ठ निर्वाचित भएका छ्न् । महासचिवमा झापाका मिलन श्रेष्ठ, कोषाध्यक्षमा मोरङका भरत श्रेष्ठ, सचिवमा झापाका प्रेम अधिकारी र सह कोषाध्यक्षमा सुनसरीका दिलकुमार पुरी निर्वाचित भएका छन् ।

यस्तै सदस्यहरुमा, झापाका जीवन काफ्ले, नारायण सुबेदी, सुनसरीका रन्जन भट्टराई, मोरङका वसन्त कार्की , डम्बर बुढाथोकी, सिरहाका दिपक ढकाल र ललितपुरका उद्दव घिमिरे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

२०७१ मा विभिन्न पब्लिकेसन्सको शैक्षिक सामाग्रीको बजार ब्यवस्थापन गर्नेहरु संगठित भइ ईमान गठन भएको थियो । २०७५ मंसिर २७ मा मोरङमा दर्ता भएको इमानमा देशभरका २ सय ८५ जना सदस्य रहेको वरिस्ठ उपाध्यक्ष माधवप्रसाद खतिवडाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर