पूर्वाञ्चल खबर
ईलाम / ईलामको ईलाम नगरपालिका १२ साङरुम्बामा भएको आगलागीमा २० लाख बराबरको क्षति भएको छ ।
प्रदेश १ प्रहरी कार्यालय विराटनगरका अनुसार आज विहान लागेको आगलागिबाट स्थानीय जितबहादुर नेम्बाङको ढुङगा माटोले बनेको ३ तले कच्ची र र भान्सा घर समेत जलेर नष्ट हुँदा घर भित्र रहेको खाद्यान्न, लत्ता कपडा, गरगहना समेत जलेर नष्ट २० लाख बराबरको क्षति भएको जनाएको छ । आगलागी प्रहरी चौकी गोलाखर्कबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा दुई घण्टा पछी पुर्ण नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।आगलागीबाट कुनै पनि मानवीय तथा चौपाया क्षति नभएको इलाम प्रहरीले जनाएको छ ।