लैङ्गिक समानताको वकालत गर्न क्रिकेट प्रशिक्षण

खबर पूर्वाञ्चल, २१ मंसिर २०७५, शुक्रबार १९:२०

विराटानगर / महिलालाई सहभागिता बढाउन लैङ्गिक समानताको वकालत गर्न क्रिकेटको प्रशिक्षणको आयोजना विराटनरमा हुने भएको छ ।

नेपाल क्रिकेट फाउण्डेसनले आज विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरि प्रशिक्षक हुने बारेमा जानकारी गराएको छ । आयोजकले लैङ्गिक समाताको वकालत गर्नका साथै महिलालाई क्रिकेट खेल प्रति आर्कशक गर्नलाई यो प्रशिक्षक गरेको आयोजकका अध्यक्ष अविशेक श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठका अनुसार विराटनगरमै दोश्रो पटक प्रशिक्षणको आयोजना भएको बताए ।

मंसिर २२ देखि पौष २ गतेसम्म १० दिन विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा विराटनगर क्रिकेट क्याम्पको नामले आयोजना हुने भएको हो । क्याम्पमा अफ्रिका र एशियामा २० वर्ष देखि क्रिकेट प्रशिक्षण दिदै आएका ईङ्गलिस एण्ड वेल्स क्रिकेट बोर्डका लेभल ३ प्रशिक्षक जोनाथन लि बोथ र काउन्टी खेलाडी एङ्गुस बेरीले खेलाडीलाई प्रशिक्षक्षण दिने छन् भने ग्रेस मुरीङले खेलाडीहरुलाई लैङ्गिक समानताको बारैमा सहजिकरण गर्ने छिन् ।

क्याम्पमा गत सालको प्रशिक्षण लिएका महिला खेलाडी, विराटनगर ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडी, विराटनगर क्रिेकट क्लब एण्ड एकेडेमीका खेलाडी र दुई विद्यालयका छात्रछात्र गरि १ सय २० जना खेलाडीहरुले प्रशिक्षणको लाभ लिने छन् । आयोजकले गत वर्ष आयोजना गरेको क्याम्पमा करिब १ सय ३० जनाको खेलाडी सहभागिता रहेको जनाएको छ ।

दिगो विकासका लक्ष्यको बुदा ५ मा भएको लैङ्गिक समानताको लक्ष्यलाई जोड दिई आयोजित क्याम्मको मुख्य नारा ‘समाज विकासकालागी खेलकुद’ भन्ने रहेको आयोजकले जनाएको छ । क्याम्पमा लैङ्गिक समानताको विषयलाई मैदानमा रहि कसरी सहजीकरण गर्ने भन्ने बारेमा उपस्थित खेलाडी, प्रशिक्षक, शिक्षक तथा खेलअफिसरहरुलाईसमेत प्रशिक्षण गरिने नेपाल क्रिकेट फाउण्डेसनका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – रमेश अधिकारी
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५