AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

नेविसंघको अधिवेशनमा मोरङ काँग्रेसको चासो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० मंसिर २०७५, बिहीबार १९:१४
3
Shares
विराटनगर । मोरङ कांग्रेसले नेविसंघको १२ औ जिल्ला अधिवेशन गर्ने बिषयमा छलफल सुरु गरेको छ ।

सभापति डिगबहादुर लिम्बुले महाधिवेशन सम्पन्न गर्ने बिषयमा नेविसंघका र्वतमान र पूर्वपदाधिकारी तथा पार्टी जिल्लाका विभागीय प्रमुखसंग छलफल गरेका छन् । नेविसंघका सह–महामन्त्री कृष्ण कार्की, केन्द्रीय सदस्य आषिश कार्की, पूर्व केन्द्रीय सदस्य केदार कार्की, हरी भट्टराई , पूर्व जिल्ला सभापती सुभाष भण्डारी, गोपाल सेडाई , मानबहादुर लिम्बु , पार्टी विद्यार्थी विभाग प्रमुख राजु् मास्केलगायतका पदाधिकारीहरुलाई पार्टी सभापति लिम्बुले आज नेविसंघ जिल्ला अधिवेशन गर्ने बिषयमा छलफल गरेका हुन् । नेवीसंघका बाहालवाला पदाधिकारी र पूर्व पदाधिकारीहरु सम्मलीत समन्वय समीती गठन गरेर केन्द्रीय प्रतिनिधिको सल्लाहाका आधारमा केन्द्रले तोकेकै मितिमा जिल्ला अधिशन हुने सभापति लिम्बुले बताए । उनल भने,‘ तोकिएकै डेटलाईनकै आधारमै अधिवेशन हुन्छ तपाँई ढुक्क हुनुस,।

छलफलमा सहभागीहरुले सबै प्रकारका गुठलाई अन्त्य गर्ने तरीकाले नेवीसंघलाई नेतृत्व प्रदान गर्ने बिषयमा सहभागिहरुले छलफलमा सुझाव दिएको छलफलमा सहभागि नेविसंघका सह–महामन्त्री कृष्ण कार्कीले बताए । उनले भने,‘ छलफलमा सहभागीले नेविसंघमा सबै किसिमको गुठबन्दी अन्त्य गर्ने विषयमा सुझाव दिए,‘ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर