पूर्वाञ्चल खबर

आज अन्तराष्ट्रिय स्यमसेवक दिवसको अवसर पारेरे मुखीया परिवारको घर निमार्ण गर्न जनप्रतिनिधी, जीवन समाजको पदाधिकारी, ह्याबीटेन्ड नेपालका पदाधिकारी, नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका अध्यक्ष विक्रम लुईटेलसहित विराटनगरबाट गएका एक दर्जन पत्रकारले श्रमदान गरे । २ लाख ५० हजार लागत निमार्ण कार्य सुरु भएको घर ८ धुर जमिनमा निमार्ण गरिएको हो । चार जनाको परिवार रहेको मुखीया परिवार सानो छाप्रोमा बसोबास गर्दै आएका थिए । उनीहरूको दुःख देखर जीवन विकास समाजले घर बनाउन सुरु गरेको अध्यक्ष योगेन्द्र मण्डलले जानकारी दिए । निमार्ण कार्य धमाधम भएकोले अबको एक साता भित्रमा घर तयार भएर मुखीया परिवारलाई हस्तान्तरण गर्ने तयारी गरेको उनले बताए । तीन वटा कोठा भएको घर बनाउन लागेको हो ।
काजलकी आमाको मृत्यु भएको वर्षौ भएको छ । बुवा लापत्ता छन् । उनीहरू मामली घरमा छेउँमा सानो छाप्रोमा बस्दै आएका थिए । काजलपछिको तीन जना बहिनीहरू छन् । निमाण कार्य भइरहेको घरमा स्वयमसेवक दिवसको अवसरमा प्रदेश सांसद जयराम यादव, कटहरी गपा वडा नम्बर २ का वडा अध्यक्ष किशोर पाण्डे, जीवन विकास समाजको अध्यक्ष योगेन्द्र मण्डल तथा विराटनगरबाट गएका संचारकर्मीहरूले श्रमदान गरे थिए । उनीहरूसहित करिब ५० जनाले एक दिन श्रमदान गरेको बताइएको छ ।