AArya
RUMPUM
animated ellipse animated ellipse

अवैध सामान सहित २ पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ मंसिर २०७५, मंगलवार २०:०८
3
Shares
विराटनगर /मोरङको विराटनगर महानगरपालिका १६ को बिभिन्न स्थानबाट प्रहरीले अन्दाजी ८५ हजार मूल्य बराबरको अवैध सामान सहित २ जनालाई पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले विराटनगर महानगरपालिका १६ का धनराज साह र श्रवण यादवलाई पक्राउ गरेको हो । भारतबाट नेपाल तर्फ बि. आर. ३८ एन. ९५२७ नम्बरको मोटरसाईकलमा सवार रहेका उनीहरुलाई चेकजाँच गर्ने क्रममा अबैध रुपमा भन्सार छलि ल्याउँदै गरेको १० पिस ऊनी सुईटर बरामद गरेको हो ।

कपडा सहित पक्राउ परेका उनीहरुलाई आवश्यक कारवाहीको लागि विराटनगर भन्सार कार्यालय रानी बुझाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर