RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ को नाम र राजधानी हिउँदे अधिवेशनबाट टुङ्गो लाग्ने मन्त्रि घिमिरे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ मंसिर २०७५, सोमबार १९:३८
3
Shares
फाइल तस्वीर
खोटाङ / प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको नाम र राजधानी हिउँदे अधिवेशनमा टुङ्गो लाग्ने बताए ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा खोटाङमा आएका मन्त्री घिमिरेले पुष्पलाल स्मृति भवन दिक्तेलमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले केही समयपछि शुरु हुने हिउँदे अधिवेशनको शुरुमै प्रदेशको नाम र राजधानी टुङ्ग्याइने कार्यकर्तालाई आश्वस्त पारे । “प्रदेशको नाम सगरमाथा, कोशी, किराँत, लिम्बुवान जस्ता चर्चामा आएका छन् ।” उनले भने “राजधानीका विषयमा पनि विराटनगर, धरान, इटहरी र गोठगाउँको नाम आइरहेको छ । हिउँदे अधिवेशनमा सके सर्वसहमतिमा नसके विधि र प्रकृयाबाट नाम र राजधानी टुङ्ग्याउने छौँ ।”

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवं पूर्वसांसद दुर्गाजयन्ती राईले सरकारले जनताको अपेक्षानुसार लोक कल्याणकारी काम गर्न नसकेको भन्दै पार्टीको ध्यानाकर्षण गराए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर