पूर्वाञ्चल खबर
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरको आयोजना तथा उद्योग वाणिज्य संघ इटहरी र घरेलु तथा साना उद्योग महासंघ सुनसरीको सह आयोजनामा हुन थालेको मेलाका विषयमा आज इटहरीमा पत्रकार सम्मेलन गरि यसबारे जानकारी गराइएको हो । परम्परागत खाद्य पदार्थहरुको पौष्टिकताको महत्वका विषयमा जानकारी गराउने गरी मेला आयोजना गर्न लागेको आयोजक खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख प्रमोद कोइरालाले वताए । मंसिर २१ गते देखि २३ गते सम्म इटहरीको जनता माध्यमिक विद्यालय परिषरमा मेला लगाइने समेत उनले जानकारी दिए ।
मेलामा होमस्टे, होटल, जातिय खानाका परिवार, खाद्य व्यवसाय, खाद्य उद्यमसंग सम्वन्धी मेशिनगरी, खाद्य प्रशोधनमा प्रयोग हुने रसायनका सप्लायर्स, खाद्य प्रविधिसंग सम्वन्धीत शैक्षिक संस्थाहरुको स्टल रहने जनाइएको छ । स्टल राख्न तथा मेलामा प्रवेशका लागि कुनै शुल्क नलाग्ने समेत पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलाको आकर्षणका लागि सांस्कृतिक कार्यक्रमहरु समेत समावेश भएको खाद्य निरिक्षक शंकर न्यौपाने जानकारी दिए । खाद्य तथा सांस्कृतिक कार्यक्रमका कारण मेलामा उल्लेखीय सहभागिता हुने उद्योग वाणिज्य संघ इटहरीका कार्यवाहक अध्यक्ष शैलेश विष्टले वताए । मेला मदिरा रहित हने घरेलु तथा साना उद्योग महासंघ सुनसरीका अध्यक्ष राजेन्द्र केशरी घिमीरेले पत्रकारहरुलाई जानकारी दिए ।